चैत २८, काठमाडौं । सोमबार प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले लेखा समितिमा प्रधाानमन्त्री प्रचण्डले दिएको जवाफलाई आफ्नो मुख्य पृष्ठमा लेखेका छन् । मतदातालाई उम्मेदवार अस्वीकारको अधिकार भएकोदेखि मधेसी मोर्चासँग सरकार निर्णायक वार्ताको तयारीमा रहेको खबरसम्म आजका पत्रपत्रिकाले प्राथमिकताका साथ लेखेका छन् ।
आजको नयाँ पत्रिका दैनिकले यस वर्ष मूल्यवृद्धि ३ प्रतिशतभन्दा तल हुने विषयलाई मुख्य खबर बनाएको छ । अनुदानको चुलो बेचेर नेशनल ट्रेडिङ लिमिटेडले आम्दानी १२ हजार गरेको तर गोदामको भाडा र भन्सार पाँच करोड तिरेको खबर पनि नयाँ पत्रिका दैनिकले उत्तिकै प्राथमिकताका साथ छापेको छ ।
गोरखापत्र दैनिकले प्रधानमन्त्रीले एनसेलको लाभकर उठाउन सरकार प्रतिबद्ध रहेको भनेर लेखासमितिमा दिएको जवाफलाई महत्त्वका साथ छापेको छ । टोखादेखि थानसिंह फाँटसम्म सुरुङमार्ग बनाउने तयारी भइरहेको खबर पनि गोरखापत्रको पहिलो पृष्ठमा अटाएको छ ।
अन्नपूर्ण पोस्ट दैनिकले वरियता विवाद थप चुलिएको भन्दै निधी क्याबिनेट बैठकमै नजाने समाचार लेखेको छ ।
राजधानी दैनिकले मतदातालाई उम्मेदवार अस्वीकारको अधिकार भएको खबर लेखेको छ ।
नागरिक दैनिकले ‘कांग्रेस चुनावी अभियान कैलालीबाट, मधेसलाई नचिढाऔंं’ शीर्षक दिएर मुख्य खबर छापेको छ । अभिभावकलाई पुस्तक सास्तीको अर्को खबर पनि नागरिकमा छ ।
कान्तिपुर दैनिकले प्रधानमन्त्री प्रचण्ड मधेसी मोर्चासँग निर्णायक वार्ताको तयारीमा रहेको खबर लेखेको छ ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री
१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी