पत्रपत्रिकाका फ्रन्टपेजः चरणबद्ध चुनावले बढायो खर्च

४ भदौ, काठमाडौं । शनिबार काठमाडौंबाट प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरु निर्वाचनकै विषयले भरिएका छन् । पत्रपत्रिकाहरुले २ नम्बर प्रदेशको चुनावलाई प्रतिष्ठाको विषय बनाउँदै सबै दल केन्द्रित भएको लेखेका छन् । निर्वाचन प्रचारका क्रममा भएका आचारसंहिता उल्लंघनका घटनालाई पनि पत्रिकाहरुले छापेका छन् ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन तीन चरणमा गर्दा चुनाव खर्च ह्वात्तै बढेको छ । पहिलो र दोस्रो चरणको स्थानीय चुनाव सम्पन्न गर्न ६ अर्ब ३० करोड खर्च गरेको आयोगले तेस्रो चरणअन्तर्गत असोज २ को निर्वाचनका लागि १ अर्ब ७५ करोड खर्च हुने अनुमान गरेको पत्रपत्रिकाले लेखेका छन् ।

 

नेपालमा बढ्दो चिनियाँ तस्करीदेखि सरकारी संरचनाहरु निर्माणमा ठेकेदारले गर्ने लापरवाहीलगायत विषयलाई आजका पत्रपत्रिकाहरुले पहिलो पृष्ठमा स्थान दिएर लेखेका छन् ।केही पत्रिकाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन कार्यतालिकामा सरकारले नै आपत्ति जनाएको लेखेका छन् ।

 

photo

NOC1-250x300