काठमाडौं, चैत २५ – नेपाल वायुसेवा निगमले अमेरिकन कम्पनी एएआरसँग दुईवटा वाइड बडी जहाज किन्ने सम्झौता गरेको छ । निगम र एएआरबिच शुक्रबार पहिलो जहाज सन् २०१८ को अप्रिलसम्म र दोस्रो १८ कै मे महिनासम्ममा ल्याउने गरी सम्झौता भएको हो । सम्झौतामा महाप्रबन्धक सुगतरत्न कंसकार र एएआरका नेपाल प्रतिनिधि दीपक शर्माले हस्ताक्षर गर्नुभयो । दुबै विमान २१ अर्ब ९० करोड रूपैयाँमा खरिद गर्ने गरी सम्झौता भएको कंशाकारले बताउनुभयो ।
नेपालको उड्ययन इतिहासमा यति धेरै रकम खर्च गरेर विमान किन्न लागिएको पहिलो पटक हो । २ सय ८० सिट क्षमताको नयाँ एयरबसमा १६ वटा बिजनेश क्लासका सिट हुनेछन् । यी जहाज आएपछि साउदीको दमाम, कोरियाको सिओल, अष्ट्रेलियाको सिड्नी र जापानको टोकियोमा उडान भर्ने तयारी नेपाल एयरलाइन्सले गरिरहेको छ ।
काठमाडौं । नेपाल टेलिकमले ओटिपीको मात्र भर नपरी टू फ्याक्टर अथेन्टिकेसन प्रणालीलाई अनिवार्य प्रयोगमा
८ पुस, काठमाडौं । नेपालकै सबैभन्दा ठुलो ईन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेड नोकिया
२० मंसिर,काठमाडौं । नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गरे वापत ग्राहकलाई
१६ मंसिर,काठमाडौं । भिभो, एक विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्डले आज नेपालमा आफ्नो ५ वर्ष पूरा
१ मंसिर,भक्तपुर । भक्तपुरको मध्यपुर थिमीको चारदोबाटो नजिक ईन्टरनेट प्रदायक कम्पनिहरुले आफ्नो काम सकिएपछि सडकमै
२९ कार्तिक,काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स को ग्राहक संख्या