२७ चैत, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिले आफ्ना सेवाग्राहीहरुलाई गुणात्मक जीवन बीमा सेवा उपलब्ध गराउन पोखरमा क्षेत्रीय कार्यालय स्थापना गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापाँगाईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले क्षेत्रीय कार्यालय पोखराको स्थापनाबाट यस क्षेत्रको व्यवसायिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बिश्वास व्यक्त गर्दै बिमितहरुको लगानी प्रतिफल बृद्धि गर्न कम्पनीले हरसम्भव प्रयास गर्दै आएको बताए ।
यसको सुनिश्चितताको लागि दीर्घकालीन लगानीका क्षेत्रहरुमा लगानी बिस्तार गर्ने प्रयास गरिरहेको भएतापनि सोको पर्याप्त उपलब्धता नभइरहेकोले बीमा क्षेत्रका लागि दीर्धकालिन सरकारी बिकास ऋणपत्रहरुको आवश्यकता रहेको औल्याए ।
बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापाँगाईले जीवन बीमा क्षेत्रले आम जनताको स-सानो बचत परिचालन गरी पूँजी निर्माणमा महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको र जीवन बीमा क्षेत्रसँग रहेको ठूलो पूँजीलाई मुलुकको बिकास निर्माणका लागि उपयोग गर्न बिशेष प्रकारको बिकास ऋणपत्र ल्याउन पहल गर्ने बताए ।
उनले जीवन बीमाका क्षेत्रमा कम्पनीले गर्दै आएको सफलताहरुको सह्राहना गर्दै समग्र बीमा क्षेत्रको बिकास र बिस्तारका लागि आफू क्रियाशिल रहने बताए ।
१७ माघ,काठमाडौं । सिन्धुपाल्चोकको गुम्बामा संचालित ४३ मेगावाटको अपर नेसमखोला हाईड्रोपावर लिमिटेड,सिन्धुज्वाला हाईड्रोपावरले प्रिफ्याब भवन
२५ पुस,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा देखिएका समस्या हल गर्न नतिजामुखी काम गर्नुपर्नेमा
२१ पुस,काठमाडौं । नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस
१९ पुस,काठमाडौं । मंगलबार नेप्से सूचक १.९२ अंकले उकालो लागेको छ । यससँगै सूचक २०६६.०१
१८ पुस,काठमाडौं । नेपालको कुल सार्वजनिक ऋण २० खर्ब सात अर्ब ८४ करोड नाघेको छ।
बुधबार, पौष १३, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र काबुभन्दा बाहिर गैनसकेको बताएका छन् ।