नेपाल-भारत सिमानामा पर्खाल लगाउन सीमाविद्को प्रस्ताव

Yaga-Buddhiकाठमाडौं, २७ फागुन । नेपाल भारत सीमा विवादको दिर्घकालिन समाधानका लागि दुई देशबीचको सिमानामा स्थायी पर्खाल निर्माण गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।

भारतीय पक्षले सिमानाको जंगे पिल्लर हटाएर नेपाली भुमि मिच्ने गरेकोले सिमानामा स्थायी पर्खाल लगाउनुपर्ने सिमाविद् श्रेष्ठको भनाई छ ।

एबीसी न्यूजको नियमित टक सो एबीसी वाचमा कुरा गर्दै सिमाविद् बुद्धिनारायण श्रेष्ठ र नेकपा एमालेका नेता एवं सांसद यज्ञराज सुनुवारले नेपाल भारत सिमा विवादको दिर्घकालिन समाधानका लागि दुई देशबीचको सिमानामा स्थायी पर्खाल निर्माण गर्नुपर्ने बताएका हुन् । बारम्बार भारतीय पक्षबाट नेपाली भुमि मिच्ने काम भए पनि नेपाल सरकार निरिह भएको उनीहरुको भनाई छ ।

भारतीय पक्षले सिमानाको जंगे पिल्लर हटाएर नेपाली भुमि मिच्ने गरेकोले सिमानामा स्थायी पर्खाल लगाउनुपर्ने सिमाविद् श्रेष्ठको भनाई छ । एमाले नेता सुनुवारले भने सिमानामा भारतीय सुरक्षा फौजबाट एक नेपाली नागरिको मृत्यु हुदासमेत सरकार निरिह बनेको आरोप लगाए । सीमा क्षेत्रमा देखिने समस्या समाधानका लागि सबै दलहरुले एउटै धारणा बनाउनुपर्ने उनको भनाई छ

विहिबार कञ्चनपुरको पुनर्वासस्थित आनन्द बजारमा नेपाली भुमिमा निर्माणाधिन कल्भर्टको विषयलाई लिएर भारतीय पक्षले हस्तक्षेप गरेपछि बढेको विवादमा भारतीय सुरक्षाकर्मी एसएसबीको गोली लागेर नेपाली नागरिक गोविन्द गौतमको मृत्यु भएको थियो ।

नेपाल भारतबीचको १८ सय ८० किलोमिटरको खुल्ला सिमानामा बारम्बार भारतीय पक्षबाट नेपाल भुमि मिच्ने एवं नेपालीमाथि ज्यादती हुने गरेको घटना सार्वजनिक हुने गरेको छ ।

 

photo

NOC1-250x300