नेपाल पछि भारतले छिमेकी देश पाकिस्तान र बङलादेशमाथि पनि नाबाबन्दी लगाउँदै

 

नेपाल_पछि_भारतले_छिमेकी_देश_पाकिस्तान_र_बङलादेशमाथि_पनि_नाबाबन्दी_लगाउँदै4646
नयाँदिल्ली । भारतले आफ्ना छिमेकी देश पाकिस्तान र बङ्लादेशसँगको सिमाना बन्द गर्न सक्ने शनिबार चेतावनी दिएको छ।आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्नका लागि ती दुइदेशसँगको सिमाना बन्द गर्नुपर्ने भारतको भनाइ छ।

“भारतले सम्भव भएसम्म चाडो पाकिस्तान र बङलादेशसँगको अन्तरराष्ट्रिय सिमाना बन्द गर्ने योजना बनाइरहेको छ, आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्न भारतले यो गर्नुपर्दछ,” गृह मन्त्री राजनाथ सिंहले भने।

“पाकिस्तानसँगको सिमाना आउँदो सन् २०१८ देखि नै बन्द हुनेछ, घुसपैठ बढ्दै गएकाले यस्तो निर्णय लिइएको हो,” उनले भने। आजको राजधानी दैनिकले खबर छापेको छ।

 

 

photo

NOC1-250x300