नेपाल टेलिकमको भ्यालेन्टाइन अफर फागुन १७ सम्म, २५ रुपैयाँमा २५० मिनेट कल

timthumbकाठमाडौं, ४ फागुन । नेपाल टेलिकमले प्रणय दिवसका अवसरमा जिएसएम सेवाका ग्राहकका लागि जारी गरेको नयाँ अफर फागुन १७ सम्म लागू हुने भएको छ ।

३ गते देखि यो अफर फागुन १७ गतेसम्म लागू हुने टेलिकमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो प्याकेजको अवधि ग्राहकले लिएको मितिबाट सात दिनसम्म रहने टेलिकमले जनाएको छ।

टेलिकमले २५ रुपैयाँमा दुईसय ५० मिनेटको टक टाइम भएको ‘नाइट भ्वाइस प्याकेज अफर’ ल्याएको हो ।

अफर अन्तर्गत उक्त प्याकेज राति १० बजेदेखि बिहान ६ बजेसम्म मात्र गर्न सकिने र प्याकेज लिनका लागि प्रयोगकर्ताले भिएडिआई टाइप गरी १४१५ मा एसएमएस गर्नुपर्नेछ ।

 

photo

NOC1-250x300