नेपालीद्वारा सञ्चालित अष्ट्रेलियाको रोयल गुर्खा कलेज बन्द

chandra-yonjanकाठमाण्डौ । अष्ट्रेलिया सरकारले प्राबिधिक शिक्षा पढाएबापत कलेजहरुलाई दिने रकमको दुरुपयोग गरेको ठहर भएपछि नेपाली मूलका ब्यबसायीद्वारा सञ्चालित रोयल गुर्खा इन्सटिच्यूट अफ टेक्नोलोजी कलेज बन्द हुने भएको छ ।

 

प्राबिधिक शिक्षासम्बन्धी सरकारी नियमनकारी निकायले गरेको विस्तृत परिक्षणमा सो कलेजले नक्कली बिद्यार्थी खडा गरी सरकारबाट लाखौं डलर रकम लिएको पुष्टी भएपछि सरकारले कलेज बन्द गर्ने आदेश दिएको द अष्ट्रेलियन पत्रिकाले जनाएको छ ।

सो कलेजले सन् २०१५ मा भएको लेखापरिक्षणमा आफुले लिएको रकम सदुपयोग गरेको पुष्टी गर्न सकेको थिएन । सरकारले त्यही बेला नै कलेज बन्द गर्न खोजेको भए पनि बिशेष परिस्थीतिको सुबिधा दिँदै सञ्चालन गरिरहन दिएको थियो । गत बर्षको अनुगमन अडिटमा पनि कलेजको रवैयमा सुधार आएको नदेखिएपछि सरकारले बन्द गर्ने निर्णय गरेको हो ।

कलेज बन्द भएसँगै त्यहाँ कार्यरत करिव २ सय कर्मचारी बेरोजगार हुनेछन् भने करिव १४ सय बिदेशी बिद्यार्थीको भविष्य पनि अन्यौलमा परेको छ ।

तर, कलेजले भने बिज्ञप्ति जारी गर्दै सरकारको यो निर्णयमाथि पुनराबेदन गर्ने र अन्तिम निर्णय नआउँदासम्म कलेज सञ्चालन गरिरहने बताएको छ ।

कलेजको सञ्चालन नेपाली मूलका ब्यबसायी चन्द्र योञ्जनले गरेका हुन् । उनी भिक्टोरिया राज्यका लागि नेपालका अबैतनिक महाबाणिज्यदूतसमेत हुन् । ठूलो रकम दुरुपयोग गरेको भेटिएपछि सन् २०१५ मै सरकारले कलेज बन्द गर्न खोजेको भए पनि योञ्जनले आफ्नो कुटनीतिक हैसियत रहेको भन्दै ‘बिशेष परिस्थीति’ अन्र्तगत कलेज सञ्चालनका लागि सुबिधा मागेका थिए ।

सरकारको भेट फि्र हेल्प स्किम अन्र्तगत सो कलेजले सन् २०१३ मा ५५ लाख डलर सरकारबाट प्राप्त गरेको थियो । पछिल्ला बर्षहरुमा यो रकम अझै धेरै रकम सरकारबाट लिएको कलेजका प्रमुख कार्यकारी अधिकृत चन्द्र योञ्जनले केही महिना अगाडी अनलाइनखबरसागको टेलिफोन सम्बादमा जनाएका थिए ।

स्थानीय नागरिकलाई प्राबिधिक शिक्षा सिकाएर सीपयुक्त बनाएबापत सरकारले कलेजहरुलाई निश्चत अनुदान रकम दिने गर्दछ । तर, कलेजहरुले नक्कली बिद्यार्थी खडा गरी सरकारबाट लाखौं डलर अनुदान दुरुपयोग गर्ने गरेको पाइएको छ

 

photo

NOC1-250x300