नेपालमा संक्रमितको संख्या १०९ पुग्यो

नेपालमा थप ७ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

आज राष्ट्रिय प्रष्योगशाला काठमाडौँ र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनाको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयएका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले पुष्टि गरेका छन् ।

मन्त्रालयका अनुसार आज उदयपुरको भूल्केका १८, ४५ र ६५ वर्षीया महिलाहरु र कपिलवस्तु निवासी, १७ र दुई जना १८ वर्षका युवाहरु तथा पर्सा छपकैयाका ६५ वर्षीय पुरुष संक्रमित भएका हुन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।

संक्रमित मध्ये ३१ जना उपचारपछि घर पर्किसकेका छन् भने अन्य संक्रमितको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

हालसम्म नेपालमा र्यापिड पिपिई गरी दुई विधिबाट ७० हजार २३ को कोरोना परीक्षण गरिएको छ ।

 

photo

NOC1-250x300