नेपालमा फेरि थप ९ जनामा कोरोना, संक्रमितको संख्या २५८ पुग्यो

 जेठ २,काठमाडौं : बाँके र मकवानपुरमा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहानै दिएको जानकारीअनुसार यो समेत गरेर नेपालमा कूल संक्रमित २ सय ५८ पुगेको छ।

bi1111

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा यो संख्या थप भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मकवानपुर निवासी ३७ वर्षीय पुरुष र बाँके नैनापुर १, ३ र ५ नम्बर वडाका ८ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

 

 

photo

NOC1-250x300