नेपालगन्जमा राजपा नेताद्वारा कांग्रेस उम्मेदवारको गाडी तोडफोड

Congress-mayor-gadi३० जेठ,नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका कांग्रेसका मेयर उम्मेदवार डा. सुरेशकुमार कनोडियाको गाडी मंगलवार बिहान त्रिभुवन चोकमा तोडफोड गरिएको छ ।नेपालगञ्ज-२२ पुरैनामा भैरहेको घरदैलो कार्यक्रममा मेयर उम्मेदवार डा. सुरेशकुमार कनोडियालार्इ पुर्‍याई सम्पर्क कार्यालय फर्किँदै गरेको बा १४ च १३८७ नम्बरको स्कारपियो गाडीलार्इ राष्ट्रिय जनता पार्टीका नेता ललित कुमार रौनियारले ढुङ्गा प्रहार गरी तोडफोड गरेको बाँके प्रहरीले जनाएको छ ।गाडी तोडफोड गर्ने रौनियारलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ । राजपाले बिहानदेखि बन्द आहवान गरेको थियो । बन्द अवज्ञा गर्दै नगरमा सबै खाले सवारी साधन निर्वाध चलि रहेका थिए ।गाडी फर्काउन लाग्दा गाडीको झण्डा भाँच्दै ढुङ्गाले गाडीमा हानेको गाडी चालक महेन्द्र सिंहले बताए । ढुङ्गा प्रहारबाट गाडीको अगाडिको सिसा फुटेको छ ।नेपालगन्जमा कांग्रेसले दुई दिनअघि मात्र कनोडियालाई मेयर र उपमेयरमा उमा थापा मगरलाई उम्मेदवार घोषणा गरेको थियो ।

 

photo

NOC1-250x300