३१ भदौ,काठमाडौं।
महिला साफ च्याम्पियनसिपमा भारतमाथि नेपालले ऐतिहासिक विजय हांसिल गरेको छ। घरेलु मैदान दशरथ रंगशालामा शुक्रबार साँझ भएको सेमिफाइनलमा नेपालले भारतलाई १-० गोल अन्तरले हराएको हो । नेपालको जितमा रश्मिकुमारी घिसिङले निर्णायक गोल गरेकी थिइन् ।
५० औँ मिनेटमा अनिता जैँसीको उत्कृष्ट हेडरलाई भारतीय गोलरक्षकले गोल लाइनबाट जम्प गर्दै क्लियर गरिदिएकी थिइन् । एक मिनेटलगत्तै रश्मि घिसिङको प्रहारलाई पनि भारतीय गोलरक्षकले विफल बनाएकी थिइन् । ६५ औँ मिनेटमा प्रिति राईले डी-बक्सबाट गरेको प्रहार साइड बारको नजिकैबाट बाहिरिएको थियो ।
८३ औँ मिनेटमा नेपालकी कप्तानसमेत रहेकी गोलरक्षक एन्जिला तुम्बाहाम्फे लिम्बुले शानदार बचाउ गर्दै नेपालको संकट टारेकी थिइन् । नेपालले साफ महिला च्याम्पियनसिपमा भारतलाई पहिलोपटक हराएको हो। नेपालले अब उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री
१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी