२३ फागुन, काठमाडौं । लोक-रक ब्यान्ड नेपथ्यले होलीकै दिन पारेर हङकङमा सांगीतिक कार्यक्रम गर्ने भएको छ । होलीको रंगीन पर्वमा नेपथ्यले संगीतको सात सुर थपेर रौनक बढाउनेछ ।
नेपाल बाहिर सबैभन्दा बढी पटक हङकङमा प्रस्तुति दिएको ब्यान्डले फागुन २९ मा ‘इयोन लङ अडिटोरियम’ मा नयाँ-पुराना गीतहरु पस्किनेछ । सो दिन कन्सर्टको सुरुवातमा नेपथ्यले भर्खरै सार्वजनिक गरेको गीतबाट गर्नेछ-
‘कुरुप अनुहार हो, यहाँ कोही साथी छैन
बेरुप अनुहार हो, यहाँ कोही साथी छैन’
यो गीत प्रस्तुत भइरहँदा हङकङमै लामो समयदेखि बस्दै आएका यो गीतका सर्जक विक्रम गुरुङ पनि दर्शकदीर्घामा हुनेछन् । यो गीत गुरुङले ०३० को दशकमा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा पढ्दै गर्दा तयार पारेका थिए ।
‘यो सिर्जना पहिलोपटक उहाँलाई उहाँकै कर्मभूमिमा सुनाउने क्षणको व्यग्र प्रतीक्षामा छु’, गायक अमृत गुरुङले भने ।
नेपथ्यलाई सुरुवाती दिनमा उभ्याउन टेवाको काम गर्ने भीम पुन पनि हङकङमै बस्दै आएका छन् । ब्यान्डको संघर्षको बेलादेखि नै हङकङवासीबाट साथ पाउँदै आएकोले यो शहरसँग नेपथ्यको धेरै सम्झना गाँसिएका छन् । त्यसैले हङकङ यात्रा सांगीतिक प्रस्तुति मात्र नभई आफन्त भेट्ने र पुरानो सम्झनामा एकाकार हुने क्षण पनि बन्ने गरेको छ ।
हङकङस्थित ‘तमु एसोसिएसन’ को निमन्त्रणामा त्यसतर्फ जानलागेको नेपथ्यले आठौं रोधी साँझको अवसरमा प्रस्तुत दिने एसोसिएसनका अध्यक्ष गणेश गुरुङले बताए ।
पछिल्ला समय नेपालीहरुमा विदेशी मोह लागेको छ । पैसा हुने नै होस् या नहुने सबै
२६ कार्तिक,भक्तपुर । लौरो अभियान्ता एवं लौरो चुनाव चिन्ह लिएर भक्तपुर २ प्रदेश (क) का
५ असोज,भक्तपुर । नेकपा एमाले सुर्यविनायक नगरकमिटी वडा नं ८ को आयोजनामा वडा स्तरीय बृहत
३० भदौ,काठमाडौं । संविधान दिवसको सातौं वर्षगाँठका अवसरमा नेकपा एमालेले असोज १ गते काठमाडौंमा
२८ भदौ,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा
२७भदौ,काठमाडौं । दुबईमा बिगत ६ महिनादेखि दर्जनौं युवाहरूलाई अलपत्र पार्ने काठमाडौको सिनामंगलमा रहेको Leading Foreign