१३ असार । एमाले अध्यक्ष केपी ओलीले काँग्रेस सभापति शेरबहादुर देउवाको सरकारलाई सद्दाम हुसेनको सरकारसँग तुलना गरेपछि सत्तारुढ दलका तर्फबाट प्रतिक्रिया आएको छ ।
कांग्रेसका वरिष्ठ नेता पौडेलले एमाले अध्यक्ष ओलीलाई कारवाही गर्न माग गरेका छन् । स्थानीय तह दोश्रो चरणको निर्वाचन प्रक्रिया अन्र्तगत मौन अवधीमा पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेसलाई गालीगलौज गरेको भन्दै निर्वाचन आयोगको ध्यानकर्षण गराए ।
आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी मुख्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेसको सरकार र सद्दाम हुसेनको सरकारमा कुनै फरक नरहेको कडा टिप्पणी गरेपछि काँग्रेस नेताको यस्तो प्रतिक्रिया आएको हो ।
नेता पौडेलले एमाले अधिनायकवादको बाटोमा गएको भन्दै एमाले ओलीले पक्षपातपूर्ण ढंगले व्यवहार गर्दै आएको बताए ।
पौडेलले भने– ‘उहाँहरुले राष्ट्रिय झण्डाको दुरुपयोग गर्दै आउनुभएको छ, यसरी चुनावको मुखमा मौन अवधीका बेला पत्रकार सम्मेलन गर्नु खेदजनक छ । आचारसंहिता उल्लंघन गरेकोमा उनलाई कारबाही गर्नुपर्छ ।’
पौडेलले भने, ‘सरकार बनेको कति दिन भयो के आधारमा उनले कांग्रेसको सरकारलाई सद्दाम हुसेनसँग तुलना गरे
पौडेलले एमाले गैरजिम्मेवार मान्छेहरुको भीड भएको टिप्पणी गरे ।
माओवादी प्रवत्ता पम्फा भुसालले दोस्रो चरणको चुनावमा पहिलोमा भन्दा कम नजिता आउने अनुमान देखेपछि ओलीको यस्तो प्रतिक्रिया आएको बताइन् । उनले यो भनाईले सत्ताबाट बहिरिँदाको छटपटाहट ओलीमा अझै कायम रहेको पनि बताइन् ।
काठमाडौँ, २२ साउन । निर्वाचन आयोगले मंसिर ४ को निर्वाचनका लागि आजबाट दल दर्ता गर्ने भएको
२०७९ साउन २१,काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले इन्टरनेटमा आधारित सिमकार्ड (ई–सिम) को
श्रावण २० गते शुक्रबार देखि सर्वोच्च अदालतबाट पूरा समय सेवा प्रवाह हुने भएको छ। गत
काठमाडौँ, १९ साउन । संस्थागत निक्षेपकर्ताहरुले व्यक्तिगतले पाउनेभन्दा दुई प्रतिशत कम व्याज पाउने भएपछि बैंक तथा
काठमाडौँ, १८ साउन । जनार्दन शर्मा अर्थमन्त्री भएर फेरि मन्त्रालय फर्किएसँगै अहिले नयाँ अर्थ सचिवको
पिपुल नेपाल, संवाददाता,काठमाडौँ, १७ साउन । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश