नेताहरुको योगाशन : यसरी मनाइदैछ विश्व योग दिवस

 

 

काठमाडौँ – विश्व योग दिवसका अवसरमा आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । 

राजधानी काठमाडौँमा पनि विभिन्न कार्यक्रम गरी योगा दिवस मनाइएको छ ।

योग अभ्यास कार्यक्रममा  बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले विद्यालयस्तरदेखि नै योग शिक्षा र अभ्यास गराउनुपर्नेमा जोड दिएका थिए । 

कार्यक्रममा प्रधानमन्त्री देउवाले आचार्य बालकृष्णले लेख्नुभएको ‘दैनन्दिन योगाभ्यास’ र नेपालका लागि भारतीय दूतावासले प्रकाशन गरेको ‘योग सन्देश’ पुस्तकको विमोचन गरे । कार्यक्रममा सहभागीले शान्ति, आनन्द र स्वस्थ्यका लागि नियमित योग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

कार्यक्रममा पतञ्जलि योग समिति, नेपालका प्रमुख योगगुरु लवदेव मिश्रले योग अभ्यास गराएका थिए । छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा संयुक्त राष्ट्र सङ्घले मान्यता दिएपछि हरेक बर्ष जुन २१ लाई विश्वभर विश्व योग दिवस मनाउन थालिएको हो । 

 

 

 

photo

NOC1-250x300