नेकपा स्थायी समिति बैठक विहीबारसम्मका लागि स्थगित

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक विहीबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

बुधबार बिहान बसेको बैठक दिउँसो १ बजेसमम चलेर सकिएको हो । बुधबारको बैठकमा स्थायी समिति सदस्यहरु लीलामणि पोखरेल, मातृका यादव र योगेश भट्टराईले आफ्नो धारणा राखे । त्यस्तै आमन्त्रित सदस्यहरु न्नदु प्रसाईं र पेशल खतिवडाले पनि आफ्नो धारणा राखेका छन् ।

बैठकअघि बुधबार बिहान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले केही स्थायी समिति सदस्यहरुसँग परामर्श गरेका थिए ।

पछिल्ला बैठकहरुमा अध्यक्षद्वयबीच टकराव बढिरहेको छ । मंगलबारको बैठकमा नेकपाका शीर्ष नेताहरुले एक स्वरमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेका थिए ।

 

photo

NOC1-250x300