नेकपाका विद्यार्थी नेताले प्रचण्डलाई धम्क्याए, प्रधानमन्त्रीले बोलाएको सर्बदलिय बैठकमा किन प्रचण्डको अनुपस्थित ?

काठमाडौँ, २० साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली विद्यार्थी संगठनका संयोजक ऐन महरले आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको विज्ञहरुसगको छलफलमा देउवा आउने, प्रचण्ड नआउनुकाे कारण के हाे ? भनी आक्रोश ब्यक्त गरेका छन  ।

उनले भनेका छन, “प्रधानमन्त्रीले आयोजना गर्नु भएको कोरोनाको बिषयमा बिज्ञ हरु संगको छलफलमा राजनितिक नेतृत्व पनि आमन्त्रित गरिएको थियो जसमा कांग्रेस सभापति शेर ब देउवा र अन्य राजनितिक दलका शिर्ष नेतृत्व उपस्थित हुँदा नेकपा अध्यक्ष क. प्रचण्ड अनुपस्थित हुनुको कारण चाहिँ के रहेछ ?”

उक्त बैठकमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित विज्ञहरुको सहभागी रहेको थियो  तर नेकपा कै अध्यक्ष प्रचण्ड भने अनुपस्थित थिए ।

 

photo

NOC1-250x300