नीति तथा कार्यक्रमको प्राथमिकता मानवजातिको संरक्षण सरकारको सर्वोच्च कर्तव्य : राष्ट्रपति भण्डारी

 जेठ २,काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उपलब्ध गराएको नीति तथा कार्यक्रमको प्रति उनले पढेर सुनाएकी हुन् ।

2020-05-15_Bidhya-Devi-Bhandari_572568861राष्ट्रपति भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्राथमिकता फेरिएको उनले जानकारी गराइन् । कोभिड-१९ महामारीका कारण मानवजातिमाथि सबैभन्दा ठूलो संकट पैदा भएको भन्दै उनले नीति तथा कार्यक्रमले कोरोना प्रभावले पारेका असर न्यूनीकरण गर्न कार्यक्रमहरु बनाइएको बताइन् । कोभिडका कारण मौजुदा स्वास्थ्य सुविधा अपर्याप्त देखिएको बताउँदै उनले स्वास्थ्य पूर्वाधार र रोजगारी प्राथमिकता रहेको उल्लेख गरिन् ।

यस महामारीबाट हुने आर्थिक क्षतिको पूर्ति आगामी दिनमा हुनसक्ने उनको जिकिर छ । सरकारले मानवजातिको संरक्षण सर्वोच्च कतर्व्य हुन आएको बताइन् ।

उनले भनिन्, ‘‘कोरोनाका कारण विभिन्‍न मुलुकमा ज्यान गुमाउने नेपाली तथा अन्य मित्रराष्ट्रका नागरिकका परिवारजनमा गहिरो समवेदना प्रस्तुत गर्दछु ।” राष्ट्रपतिले सरकारले अवलम्बन गरेको स्पष्ट रणनीति, समन्वयात्मक रणनीति र नेपालीको धैर्यता र सहयोगले अहिलेसम्म कोरोनाबाट हामी नागरिकको जीवन रक्षा गर्न सफल भएको पनि  दाबी गरिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र

सैनिक अदालतले संवेदनशील मुद्दामा पीडितको गोपनीयता उल्लंघन गर्नु न्यायोचित नहुने

काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष

रास्वपाको पाँचबुँदे प्रस्तावमा छलफल नहुने – भट्टराई

काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ