निर्वाचन सुरक्षामा खटिएका सैनिकको गोली लागेर मृत्यु

जेठ १७, दाङ – आफैंले बोकेको बन्दुक पड्किएर गोली लाग्दा सोमबार दाङमा एक सैनिक अमल्दारको मृत्यु भएको छ ।

निर्वाचन सुरक्षाका क्रममा ट्रकमा गढवा गाउँपालिकातर्फ जाँदै गर्दा राप्ती पुलनजिक दुर्घटनावश आफ्नै बन्दुक पड्किँदा घोराही उपमहानगरपालिका-१० का ३४ बर्षीय किसन थापा घाइते भएका थिए ।

घाइते थापालाई उपचारको लागि राप्ती उपक्षेत्रीय अस्पताल घोराही ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको खबर आजको कान्तिपुरमा छ ।

 

photo

NOC1-250x300