people Nepal » निर्वाचन सार्न प्रचण्डलाई देउवाको शर्त निर्वाचन सार्न प्रचण्डलाई देउवाको शर्त – people Nepal

निर्वाचन सार्न प्रचण्डलाई देउवाको शर्त

deuba-prachandaकाठमाडौँ, ३ वैशाख । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको सो भेटमा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको सभापति देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पछिल्लो संविधान संशोधन प्रस्तावलाई अस्वीकार गरी निर्वाचनमा सहभागी नहुने घोषणा गरेपछिको अवस्थामा कसरी अघि बढ्ने सम्बन्धमा दुई नेताबीच छलफल भएको बताइएको छ ।
भेटमा देउवाले मधेसी मोर्चा चुनावमा सहभागी हुने सुनिश्चित नभई निर्वाचन सार्न नहुने धारणा राखेका थिए । देउवासँगको भेटमा प्रधानमन्त्री प्रचण्डले पनि मधेसी मोर्चाले स्थानीय चुनावमा भाग लिने ग्यारेन्टी नभएको अवस्थामा चुनाव सार्न नहुने बताएका थिए ।