निर्वाचन आयोगको भिडियोमा टिकटक बनाउनोस्, ५० हजार जित्नोस् !

वैशाख १८, काठमाडौं: निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको सन्देशमूलक भिडियो प्रचार गर्नेसम्बन्धी प्रतियोगिता आयोजना गरेको छ । एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराइएको हो ।

प्रतियोगिताअन्तर्गत आयोगले तयार पारेका सन्देशमूलक भिडियोहरूलाई टिकटक बनाई सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्नेछ । यस्तै, पहिलेकै स्वरूपमा पनि सामाजिक सञ्जालमा पोस्ट गर्न सकिनेछ । आयोगले तयार पारेका भिडियोहरू आयोगका सामाजिक सञ्जालमा अपलोड गरिएको छ ।

त्यसरी पोस्ट/सेयर गरेर बीस लाखभन्दा बढी भ्युअर पुर्‍याउने व्यक्ति वा संस्थाले पुरस्कार जित्नेछन् । ५० लाख वा त्योभन्दा बढी भ्युअर पुर्‍याउनेले ५० हजार, ३० लाख वा त्योभन्दा बढी भ्युअर पुर्‍याउनेले ३० हजार र २० लाख वा त्योभन्दा बढी भ्युअर पुर्‍याउनेले २० हजार रुपैयाँ पुरस्कार जित्ने आयोगले जनाएको छ ।

त्यस्ता भिडियो यही वैशाख २९ गतेभित्र सामाजिक सञ्जालमा पोस्ट/सेयर गरिसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपाल मुक्तक प्रतिष्ठानद्वारा दुई पुरस्कारको घोषणा

       ११ माघ, काठमाडौं । नेपाली मुक्तक साहित्यमा योगदान दिने दुई स्रष्टाहरूलाई नेपाल मुक्तक प्रतिष्ठानले

आज सोनाम ल्होसार मनाइदै , देशभर सार्वजनिक विदा

८ माघ, काठमाडौं। तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष

सम्माननीय राष्ट्रपतिको उपस्थितिमा रारा राष्ट्रिय म्यूजिक अवार्ड सम्पन्न

५ माघ , काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राजधानीको सभागृहमा समुदघाटन

निशाको “ओजन” लोकार्पण

१ माघ,काठमाडौं । नेपाल स्रष्टा समाजले हिजो २०७९ पुस ३० गते कथाकार निशा केसीको लघुकथा

दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड माघ ६ गते शुक्रबार हुँदै

२२ पुस,काठमाडौं । अनुराधा फिल्म्स इन्टरनेस्नल प्रालिको आयोजनामा दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९ माघ

बरिष्ट सौन्दर्यबिद सोनी काररंजित द्वारा मंजीना हेयर एण्ड मेकअप स्टूडियोको उद्घाटन

७ पुस,काठमाडौं । सौन्दर्यकर्मी मन्जु श्रेष्ठ द्वारा संचालनमा ल्याइएको ललितपुर एकान्तकुना खरिबोट स्थित मंजीना हेयर