ललितपुर, वैशाख ३१ – सँधै धुँवा धुलो, मानिसहरुको भिड र सवारीको जाम देखिने काठमाडौँ उपत्यकाका सडक आइतबार सुनसान देखिएको छ ।
पछिल्लो समय बन्दको असर पनि बिरलै देखिने राजधानीमा स्थानीय तहको निर्वाचनको असर भने व्यापक देखिएको हो ।
प्रशासनले निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै निर्वाचन अविधभर सवारी साधन चलाउन बन्देज लगाएको छ ।
खुल्ला सडकको फाइदा उठाउँदै साइक्लिङदेखि सडकमा नै खेल खेल्नेहरु प्रशस्त भेट्न सकिन्छ ।
यता, मतदाताहरु मतदान केन्द्रसम्म हिँडेरै पुगिरहेको दृश्य पनि देख्न पाइन्छ ।
हेर्नुहोस् २५ तस्विरमा सुनसान काठमाडौँ र ललितपुरमा फोटोपत्रकार कृष्ण खड्काले कैद गरेका २५ तस्विर :