February 25, 2017

निर्वाचनका लागि २५ हजार मतपेटिका अभाव : सात हजार बिग्रिए

फागुन १४

काठमाडौं  – स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले थप २५ हजार मतपेटिका जुटाउनुपर्ने भएको छ । आयोगसँग अहिले झन्डै ७० हजार मात्रै मतपेटिका छन् ।

३१ वैशाखका लागि तय गरिएको स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोगलाई देशभरमा रहने २१ हजार बुथका लागि झन्डै ८५ हजार मतपेटिका आवश्यक पर्छ । आयोगसँग भएका करिब सात हजार मतपेटिका बिग्रिएका छन् । त्यसैले नयाँ र अपुग मतपेटिका जुटाउन आयोगलाई हम्मे पर्ने देखिएको खबर आजको नयाँ पत्रिकामा  छ ।

आयोगका अनुुसार हरेक जिल्लामा १५ वैशाखसम्म मतपेटिका अनिवार्य रूपमा पु¥याउनुपर्छ, तर त्यसका लागि समय निकै कम छ । यसअघिका निर्वाचनमा नेपालले जापानबाट मतपेटिका ल्याउँदै आएको थियो । यसपटक भने जापानले निर्वाचनको समय अवधि निकै कम भएकाले मतपेटिका दिन नसकिने स्पष्ट पारेपछि आयोगलाई समस्या भएको हो ।

आयोगका सचिव गोपीनाथ मैनालीले मतपेटिका जुटाउन आयोगलाई कठिन हुने देखिएको बताए । ‘२५ हजार मतपेटिका समयमा नै नेपाल ल्याउने गृहकार्यमा गम्भीरतापूर्वक जुटेका छौँ, तर यो काम निकै कठिन र चुनौतीपूर्ण देखिएको छ,’ मैनालीले नयाँ पत्रिकासँग भने ।

ठूलो संख्यामा मतपेटिका अभाव हुन सक्ने भएकाले आयोगका पदाधिकारीले केही दिनअघि मात्रै जापानी राजदूतलाई आयोगमा नै बोलाएर मतपेटिका उपलब्ध गराउन आवश्यक पहल गर्न आग्रह गरेका थिए । तर, राजदूतले समय निकै कम भएकाले उपलब्ध गराउन कठिन हुने बताएका थिए ।

‘जापानबाट ल्याउन कठिन हुने देखिएपछि अब भारत तथा अन्य कुन देशबाट ल्याउन सकिन्छ भन्नेबारेमा छलफल थालेका छौँ,’ सचिव मैनालीले भने । उनका अनुसार भारतबाट ल्याउन पनि समस्या छ । भारतले आफ्नो देशमा हुने निर्वाचनमा प्रायः इभिएम (इलेक्ट्रोनिक भोटिङ मेसिन)कै प्रयोग गर्ने भएकाले त्यहाँ मतपेटिकाको चलन नै हराएको छ । ‘अन्य कुन देशमा पाइन्छ र कसरी चाँडैभन्दा चाँडै ल्याउन सकिन्छ भन्नेमा हामीले सोधखोज थालेका छौँ, तर समस्या जटिल नै देखिएको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

समाजसेवी न्यौपानेले मातारेश्वर मन्दिरमा बाध्यवादन सामाग्रीको लागि नगद सहयोग हस्तान्तरण

१९ मंसिर,भक्तपुर । समाजसेवी एवं नेकपा(एमाले) भक्तपुर जिल्ला कमिटी सदस्य सहदेव न्यौपानेले सुर्यबिनायक नगरपालिका वडा

प्रदेशसभाको प्रत्यक्षमा संघीयतावादी माओवादी ५५ सिटमा खुम्चिदा,संघीयता विरोधी राप्रपाको ११ सिट

१९ मंसिर,काठमाडौं । मंसिर ४ मा सम्पन्न निर्वाचनको प्रदेशसभाको प्रत्यक्षतर्फ ३३० सिटमध्ये १११ सिट जितेर

राष्ट्रिय सौर्न्दर्यकर्मी युनियन काठमाडौं महानगरको अधिवेशन सम्पन्न,अध्यक्षमा करुणा पुरी

१८ मंसिर,काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) को सशक्त घटक युनियन राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल

विप्लवको पार्टी र धर्मेन्द्रको पार्टीका कार्यकर्ताबीच हानाहान !

मंसिर १८, भक्तपुर  ।  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र धमेन्द्र वास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट

गठबन्धनको अस्थिर सरकार बनेमा नेपाली श्रम बजारमा झन ठूलो असर पर्छ : अध्यक्ष श्रेष्ठ

१७ मंसिर,काठमाडौं । नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवं नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष

भिभोद्वारा नेपालमा आफ्नो पाचौं वार्षिकोत्सव मनाउन सबैभन्दा ठूलो सेल्स कार्निभल आयोजना

१६ मंसिर,काठमाडौं । भिभो, एक विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्डले आज नेपालमा आफ्नो ५ वर्ष पूरा