विशाखापत्तनमा जन्मिएका एलवी रेवन्त नवौ इण्डियन आइडल भएका छन् । सोही कार्यक्रममा खुदा बख्स फष्ट रनरअप र पीवीएनएस रोहित सेकेण्ड रनरअप भए ।
रेवन्तले सफल चलचित्र ‘बाहुवली’का लागि समेत गीत गाइसकेका थिए । उनको स्वर, उनको सुन्दरता र स्टाइलका कारण पनि उनलाई भोट धेरै आएको थियो ।
अप्रिल २ मा इण्डियन आइडलको नवौ श्रृङ्खलाको फाइनल सोनी टेलिभिजिनबाट प्रशारण गरिएको थियो । तीन प्रतियोगीका विचमा अन्तिम प्रतिस्पर्धा गराइएको थियो । इण्डियन आइडलको ट्रफीको अतिरिक्त रेवन्तले २५ लाख रुपैंया नगद पाए । त्यस्तै महिन्द्रा केयुवी कार र सोनी इन्टरटेनमेन्टसँग गीतका लागि सम्झौता गरे ।
खुदा बख्स पञ्जाबवाट आएका हुन् भने रेवन्त र रोहित आन्ध्र प्रदेशका स्थानीयवासी हुन् । तीनै प्रतियोगीको गायनमा विविधता थियो । निणरयकले उत्तिकै मन पराएका थिए । कार्यक्रममा प्रमुख अतिथी बनेर क्रिकेटर सचिन तेन्दुलकर शोमा पुगेका थिए । यस्तै कमेडियन कपिल शर्मासँग झगडा गरेपछि थप चर्चामा आएका सुनील ग्रोवरले दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।
१८ माघ, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ
५ माघ , काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राजधानीको सभागृहमा समुदघाटन
२२ पुस,काठमाडौं । अनुराधा फिल्म्स इन्टरनेस्नल प्रालिको आयोजनामा दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९ माघ
७ पुस,काठमाडौं । सौन्दर्यकर्मी मन्जु श्रेष्ठ द्वारा संचालनमा ल्याइएको ललितपुर एकान्तकुना खरिबोट स्थित मंजीना हेयर
२७ मंसिर,काठमाडौं । अमेरिकाको बोष्टन राज्यमा बसोबास गर्दै आएकी लोकप्रिय गीतकार, कवयत्री, साहित्यकार तथा चलचित्र
२५ मंसिर,काठमाडौं । सौन्दर्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरले