नवनियुक्त मन्त्रीहरुको सपथ साँझ ७ बजे

२८ असोज, काठमाडौं : नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण आजै साँझ हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलपछि सपथको समय तोकेकी हुन् ।

download (2)नवनियुक्त मन्त्रीहरुको सपथ साँझ ७ बजेका लागि तोकिएको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो राप्रपाका ८ नेतालाई मन्त्री नियुक्त गरेका थिए ।

राप्रपाबाट अध्यक्ष कमल थापा उपप्रधानमन्त्री नियुक्त भएका छन् भने जयन्त चन्द, विक्रम थापा र दिलनाथ गिरीलाई विना विभागीय मन्त्री बनाइएको छ ।

यस्तै कुन्ती शाही, सुशील श्रेष्ठ, कान्ता भट्टराइ र भास्कर भद्रालाई राज्य मन्त्री बनाइएको छ । उनीहरुलाई पनि विभाग तोकिएको छैन ।

 

photo

NOC1-250x300