नयाँ सभामुख चयनको सकस : प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित

प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न १ बजेका लागि निर्धारित बैठक सूचना टाँस गरी स्थगन भएको छ ।

samsad_xiTKbppnSA

संघीय संसद् सचिवालयद्वारा आज प्रकाशित लिखित सूचनामा बुधबारका लागि पूर्वनिर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने उल्लेख गरिएकोे छ ।

सभामुख चयनलगायत विषय दलहरुबीच व्यवस्थापन गर्नुपरेकाले  बैठक स्थगन भएको बुझिएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक यही पुस २७ गते अपराह्न १ बजे बस्ने जनाइएको छ ।

प्रमखु सत्तारुढ दलले सभामुखको उम्मेदवार टुंगो लगाउन नसक्दा यसअघि ११ गतेका लागि बोलाइएको बैठक पनि सूचना टाँसेर स्थगित भएको थियो ।

 

photo

NOC1-250x300