people Nepal » नबन्ने भो समहतिको सरकार नबन्ने भो समहतिको सरकार – people Nepal

नबन्ने भो समहतिको सरकार

PRACHANNNNDA BUDA AND DEUWA BUDAजेठ १७, काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री बन्ने सम्भावना बढेको खबर आजको नागरिकमा छ ।

संवैधानिक व्यवस्थाअनुसार सहमतिको सरकार गठनको सम्भावना टर्दै जाँदा देउवाको नेतृत्वमा बहुमतीय सरकार गठनको सम्भावना बढेको हो ।

माओवादी केन्द्र, राजपा, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) सहितका दलले सहमतीय सरकार गठनको सम्भावना नरहे कांग्रेस नेतृत्वमा बहुमतीय सरकार गठनका लागि समर्थन रहेको स्पष्ट पारेका छन् ।