‘नच बलिए ८’को उपाधि दिव्यंका र विकेकलाई

nach-baliye

मुम्बई । दिव्यंका त्रिपाठी र विवेक दहिया ‘नच बलिये ८’ को विजेता बनेका छन् । यस जोडीले मोहित सहगल-सनाया ईरानी र सनम जोहर-अबिगल पांडेको जोडीलाई हराएर सीजनको ट्रफी आफ्नो नाममा लेखाएका हुन् । ‘नच बलिए’मा वास्तविक जीवनका जोडीहरु सहभागी हुन्छन् ।

दिव्यंका र विवेकलाई पुरस्कार स्वरुप नगद ३५ लाख, एक मोपेड र १० लाख बराबरको गहना पाएका छन् । त्यस्तै उनीहरुको कोरियोग्राफर वैभव घुगेले ५ लाख भारतीय रुपैयाको चेक पाए । फिनालेको क्रममा रणबीर कपूर र अनुराग बासुले आफ्नो आउँदै गरेको फिल्म ‘जग्गा जासूस’को प्रमोशन गरेका थिए ।

 

photo

NOC1-250x300