१३ असार, काठमाडौं । वर्षा लागेसँगै काठमाडौंको अनामनगर र बिजुली बजारका स्थानीयवासी कतिखेर धोबीखोलाको बाढी घरमा पस्ने हो भन्ने चिन्ताले त्रस्त छन् । मुसलधारे पानी परेलगत्तै धोबीखोलामा पानीको बहाव माथिसम्म आउने र खोलामा रहेको फलामको पुलले पानी छेक्दा स्थानीयको घरघरमा पानी पसेर हिलाम्मे हुने गरेको छ ।
धोबीखोलाको पक्की पुल निर्माण गर्न भण्डार थोडंगा जिटेक जेभी ठेकेदार कम्पनीले ठेक्का पाएको छ । तर, ठेक्का पाएको तीन वर्ष बितिसक्दा पनि खोलामा पुल निर्माण भएको छैन । ठेकेदार कम्पनीले अहिलेसम्म ५२ लाख रुपैयाँ सकिसकेको छ । तर, उसले खोलाको दुई किनारामा खाल्डो खन्नेबाहेक केही गर्न सकेको छैन ।
अनामनगर–थापागाउँ जोड्ने पुल बनाउन ०७१ सालमा ५२ लाख लिएका ठेकेदारले खाल्डो खनेर काम रोके । उनले निकालेको माटोले पानी थुन्दा वरपरका घर डुवानमा छन् । तर, ठेकेदार त्यो खाल्डो खन्न पनि एक करोड खर्च भएको दाबी गरिरहेका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।
२२ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ।
२१ माघ, काठमाडौँ । उचित मूल्य नपाएको भन्दै चितवनका किसानहरूले सडकमा तरकारी फालेको भन्दै आएका
२१ माघ, काठमाडौं । कतारमा कार्यरत नेपाली युवा रञ्जित कुमार पालले अबुधाबीमा आयोजित बिग टिकट र्याफल ड्रको
२१ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच
२१ माघ,काठमाडौं । बिहीवार साँझ नेपाल आएका मलेसियाली गृहमन्त्री सैफदिन नासुन आज स्वदेश फर्कदै
२० माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी किशोरी कुवेतमाबेचिएकी छिन्। मानव