बस दुर्घटनाबाट धादिङमा ६ को मृत्यु, १२ घाइते

buss-1काठमाडौं, १४ जेठ । नीलकण्ठ नगरपालिका-१० गोलाभन्ज्याङ भकारेमा यात्रु बोकेको स्कुल बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

गोलाभन्ज्याङबाट  त्रिपुरेश्वरको खहरे बजारतर्फ जाँदै गरेको खहरे बोर्डिङ स्कुलको ग १ ख ३४०५ नम्बरको बस यात्रु लिन आउँदा दुर्घटना भएको हो । उक्त बस भकारेमा करिब डेढ सय मिटर तल खसेको घटनाको प्रत्यक्षदर्शीले जानकारी दिए । सदरमुकामबाट घटना स्थलतर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरी गएको छ ।

उद्धारमा संलग्न युवक कुवेर धरेलका अनुसार १२ जना घाइते को उद्धार गरिएको छ । अन्य दिन उक्त रुटमा चल्ने गाडी बिग्रेपछि उक्त बस बोलाइएको थियो । बिग्रेको बसबाट सबै यात्रु स्कुल बसमा राखेर छ्तमा सामान बाँध्ने क्रममा रोकेको बस ओरालोमा गुडेको थियो । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यस्तो छ एमालेको घोषणापत्र मस्यौदा समिति

काठमाडौँ, २८ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी चुनावको घोषणापत्र मस्यौदा समिति गठन गरेको

जिफन्ट निकट यातायात मजदुर संघ टेम्पो ईकाई ललितपुर गठन

पिपुल नेपाल संवाददाता,ललितपुर,२७ साउन। नेपाल ट्रेडयुनियन महासंघ(जिफन्ट) निकट नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ललितपुर जिल्ला

नेपालमा पहिलो अक्सिजन प्लान्ट स्थापना गर्ने ब्यक्ति : डा.सागरकुमार राजभण्डारी

पिपुल नेपाल संवाददाता,२६साउन,भक्तपुर। ३७ वर्ष  सरकारी स्वास्थ क्षेत्रमा कार्य सम्पादन गरेर सेवाबाट अवकाशप्राप्त पश्चात् पुनः

रास्ट्रपतिद्वारा नगरीकता बिधेयक फिर्ता हुने !

काठमाडौँ, २४ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेकेका कारण  राष्ट्र

आजदेखि निर्वाचनका लागि दल दर्ता गर्ने

काठमाडौँ, २२ साउन । निर्वाचन आयोगले मंसिर ४ को निर्वाचनका लागि आजबाट दल दर्ता गर्ने भएको

ई-सिमको परीक्षण पूरा, वितरणको तयारी

 २०७९ साउन २१,काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले इन्टरनेटमा आधारित सिमकार्ड (ई–सिम) को