धनुषामा गोली प्रहारबाट एकको मृत्यु

जेठ २८, काठमाडौं : धनुषामा गएराति अज्ञात समूहको गोली प्रहारबाट एकजनाको मृत्यु भएको छ । गोली प्रहारबाट सबैला नगरपालिकाका अरुण मण्डलको मृत्यु भएको हो ।

प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहका अनुसार राति कसैले फोन गरेर अरुणलाई बाहिर बोलाएको र घरभन्दा २ सय मिटर टाढा गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

कञ्चटमा गोली लागेको अवस्थामा बिहान ४ बजे मण्डल मृत फेला परेका थिए । मण्डल सामान्य किसान भएको र व्यक्तिगत कारणले हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको अनुसन्धान जारी रहेको डीआईजी सिंहले जानकारी दिए । 

 

photo

NOC1-250x300