धनगढी प्रिमियर लिग क्रिकेट आजबाट सुरु

DPL-Trophy-768x550

२७ चैत, कैलाली । धनगढी क्रिकेट एकेडेमीले नेपालमै पहिलो पटक खेलाडी अक्सन मार्फत आयोजना गरेको बहुप्रतीक्षित धनगढी प्रिमियर लिग क्रिकेट आजदेखि सुरु हुँदैछ ।

धनगढीस्थित सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा च्यारिटी खेलसँगै प्रतियोगिताको उदघाटन हुनेछ ।

आज नेपाल ११ र धनगढी ११ बीच च्यारिटी म्याच हुनेछ । जसमा नेपाल ११ बाट राष्ट्रिय टोलीका खेलाडीहरु सहभागी हुनेछन् भने धनगढी ११ बाट सुदूरपश्चिमका स्थानीय खेलाडीहरु समावेश गरिएका छन् ।

प्रतियोगिताका आधिकारिक खेलहरु भने भोलिदेखि सुरु हुनेछ । डिपिएलमा देशभरका ६ शहरका टोलीहरुको सहभागिता छ ।

प्रतियोगिताको पहिलो आधिकारिक खेल भोलि सिआइवी अत्तरिया र काठमाडौं गोल्डेन्सबीच हुनेछ ।

२०७४ बैशाख १० गतेसम्म चल्ने प्रतियोगितामा जम्मा १९ खेल हुनेछन् । लिग चरणमा सहभागी ६ टोलीहरुले एकले अर्कासँग खेल्नेछन् । लिगचरणमा १५ खेल हुनेछ ।

लिगको शीर्ष चार टोली नकआउट चरणमा पुग्नेछ । लिगमा पहिलो र दोस्रो स्थानमा हुने टोलीबीचको बिजेता फाइनलमा पुग्नेछ भने पराजित टोलीले तेस्रो र चौथो स्थानका टोलीहरुबीचको बिजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा सिआइवी अत्तरिया, काठमाडौं गोल्डेन्स, रुपन्देही च्यालेञ्जर्स, कञ्चनपुर आइकोनिक, बिराटनगर किंस र धनगढी टिम चौराहाको सहभागिता छ ।

प्रतियोगिताको उपाधी विजेताले १५ र उपविजेताले ७ लाख नगद पाउने छन् । नेपाली क्रिकेटमा यो अहिलेसम्मकै ठूलो नगद धनराशीको पुरस्कार हो । त्यस्तै हरेक खेलको म्यान अफ द म्याचले १० हजार पाउनेछन् । म्यान अफ द सिरिजलाई जगदम्बा मोटर्स र जेभी अटोमोटिभका तर्फबाट टिभिएस आरटीआर २०० सीसीको अपाचे मोटरसाइकल प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको भारतमाथी ऐतिहासिक विजय

३१ भदौ,काठमाडौं। महिला साफ च्याम्पियनसिपमा भारतमाथि नेपालले ऐतिहासिक विजय हांसिल गरेको छ। घरेलु मैदान दशरथ

वर्षाको कारण नेपाल र युएईबीचको खेल रोकियो

असार १०, काठमाडौं: एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत नेपाल र युएईबीचको पहिलो सेमिफाइल खेल वर्षाका

अफगानिस्तानविरुद्ध खेल्दै नेपाल

काठमाडौं । एएफसी फुटसल एसियन कप सेन्ट्रल तथा साउथ जोनको छनोट प्रतियोगितामा नेपालले आज समूहको

क्रिकेटरमाथिको कारबाही रोक्न खेलकुद मन्त्री सक्रिय

काठमाडौँ, ३ पौष  । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले क्रिकेट खेलाडीलाई गरीएको

सर्वाेच्चकाे अन्तरिम आदेश : राखेप सदस्यसचिवबाट सिलवाललाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्नु

शुक्रबार, पौष ०२, काठमाडौं / सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाललाई

ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही, सन्दीपलाई कप्तानकाे जिम्मेवारी

काठमाडौँ, २०७८ पुष १ गते । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान