दोरम्बा गाउँपालिकामा माओवादी र एमालेको मत बराबरी

mao-and-uml-flag३ जेठ,रामेछाप । रामेछापको दोरम्बा गाउँपालिकाको जारी मत गणनामा नेकपा माओवादी केन्द्र र एमालेको गाउँपालिको अध्यक्षमा बराबरी मत आएको छ ।

दोरम्बा गाउँपालिकामा हालसम्म ५ वटा वडाको मत गणना सम्पन्न भएर वडा अध्यक्ष घोषणा भइसकेको छ भने बाँकी २ वटा वडाको मतगणना भइरहेको छ ।

पछिल्लो मत परिणाम अनुसार दोरम्बा गाउँपालिको प्रमुखमा माओवादी केन्द्रका कमान मोक्तान २६३८ र एमालेका प्रेम लामा २६३८ मत ल्याएर बराबरी स्थानमा छन् । सुरुमा एमालेले अग्रता लिएपनि ५ नम्बर वडाको मत गणना गर्दा बराबरीको अवस्थामा आइपुगेका हुन् । गाउँपालिको अध्यक्षमा कांग्रेसका मानबहादुर लामाले १८८० मत प्राप्त गरेका छन् ।

 

 

photo

NOC1-250x300