दोरम्बामा कांग्रेस, एमाले र माओवादी केन्द्रबीच त्रिपक्षीय झडप, मतदान स्थगित

flag-of-congress-uml-and-maoist-625x405

रामेछापको दोरम्बा गाउँपालिका वडा नम्बर पाँच पुन्चेतमा कांग्रेस, एमाले र माओवादी केन्द्रबीच त्रिपक्षीय झडप भएपछि मतदान कार्य स्थगित भएको छ । कालिका भगवती मावी मतदान केन्द्रमा एक घण्टा मतदान भएपछि झडप भएको हो ।

माओवादीले बुथ कब्जा गर्न खोजेपछि समस्या उत्पन्न भएको कांग्रेस र एमालेका स्थानीय नेताहरुले आरोप लगाएका छन् । 

 स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको छ । अहिले सर्वदलीय बैठक बसिरहेको छ । कालिका भगवती मावी मतदान केन्द्रमा ८ सय १६ जना मतदाता छन् ।

 

 

photo

NOC1-250x300