people Nepal » दैलेखको डुंगेश्वर गाउँपालिकामा कांग्रेस विजयी दैलेखको डुंगेश्वर गाउँपालिकामा कांग्रेस विजयी – people Nepal

दैलेखको डुंगेश्वर गाउँपालिकामा कांग्रेस विजयी

Election-congress

दैलेख, जेठ २ –दैलेखको डुंगेश्वर गाउँपालिकामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ ।

सो गाउपालिकामा कांग्रेसका नगेन्द्रबहादुर मल्लले २ हजार ७८७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मानबहादुर विष्टले २ हजार ६६९ मत लयाएका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसका सीता ज्ञवाली २ हजार ६२८ मत ल्याई विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी कलावती न्यौपानेले २ हजार ६१८ मत ल्याएकी छन् ।