देशभर धुमधामका साथ दुर्गा भवानीको पूजा आराधना

th (1)काठमाडौँ । हिन्दु धर्मावलम्बिहरुले आज देशभर धुमधामका साथ दुर्गाभवानीको पूजा आराधना गरी चैते दशैं मनाउँदै छन् ।

हरेक वर्षको चैत शुक्ल अष्टमीका दिन चैते दशैं मनाउने परम्परा अनुसार आजको दिनमा पनि दशैँ मनाउने गरिन्छ । धर्मशास्त्रहरुमा उल्लेख भए अनुसार वर्षमा दुईपटक चैत र असोजमा गरिने दुर्गा पूजाको विशेष महत्व रहेको छ ।

असोजमा मनाइने बडादशैं भन्दा कम महत्वको मानिए पनि आजका दिन देवीका मन्दिरहरुमा बली दिने र पूजा आराधना गर्ने गरिन्छ । यस दिन काठमाडौंका दक्षिणकाली, शोभाभगवती, गुह्येश्वरी, नक्साल भगवती, संकटा, कालिकास्थानलगायत शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुईंचो लाग्छ ।

देशभरका शक्तिपीठहरुमा पनि भक्तजनहरु पूजा आराधनाका लागि जुटेका छन् । आजको दिनमा पनि आाफुले मान्ने र पुज्ने मानिसहरुलाई बडा दशैँमा झै टिकाटालो गर्ने र मिठा मिठा परिकार बनाएर खुवाउने पनि गरिन्छ ।

 

photo

NOC1-250x300