९ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकलाजको ख्याल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले पदबाट राजीनामा दिने तयारी गरिरहँदा एमाले अध्यक्ष ओलीले असहमति जनाएका हुन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा ओली कांग्रेस सभापति देउवामाथि खनिएका हुन् ।
देउवाले प्रधानमन्त्रीलाई भेट्यो कि कहिले छाड्ने भन्दै आतंक मच्चाएको ओलीको आरोप छ ।
बुधबारको तीन दलको बैठकमा आफूले देउवालाई २०/२२ दिन पर्खिन सुझाएको उनले सुनाए । उनले भने, ‘मलाई देउ भनेर हात थाप्नेलाई मैले भनेको छु, लोकलाज भन्ने हुन्छ कि हुँदैन ? २०/२२ दिन पनि पर्खन नसक्ने ?’
दोस्रो चरणको चुनावका लागि ९ दिनपछि उम्मेदवारी दर्ता गर्नु पर्ने भन्दै ओलीले अहिले सरकार परिर्वतन गर्दा निर्वाचन प्रभावित हुने बताए ।
देउवाले सत्ता छाड्न दबाव दिएपछि प्रचण्ड आत्तिएको र थाल खाउँ कि भात खाउँ भन्ने अवस्थामा रहेको ओलीले सुनाए
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको
जेठ २०, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्