देउवाले : प्रधानमन्त्री हुन पाएकोमा गर्व छ

काठमाडौं, २१ भदौ – प्रधानमन्त्री शेरबहादुर देउवाले वीपी कोइरालाको अनुयायीको रुपमा प्रधानमन्त्री हुन पाएकोमा आफूलाई गर्व लागेको बताएका छन् ।

sherbhadur-deuwaबुधबार विपी कोइरालाको १ सय ३ औं जन्मजयन्तिको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले विपीको बारेमा जति बोलेपनि कम नहुने भन्दै उनको राजनीतिक साहित्यले मुलुकलाई अघि बढाउन सहयोग पुग्दै आएको बताए ।

कार्यक्रममा प्राध्यापक डा. अभि सुवेदीलाई १ लाख १ हजार नगदसहित विपी साहित्यिक सम्मान प्रदान गरिएको थियो ।

 

photo

NOC1-250x300