देउवाले कडा शैलीमा बोलेपछि प्रधानमन्त्रीले भनेका थिए – ‘मैले बुझें, म मिलाउँछु । छिट्टै मिल्छ ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद्को वरियताको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आक्रोश पोखेका छन् । दैनिक नेपालमा समाचार छ |
चीनको एक सातो लामो भ्रमण सकेर फर्किएको भोलिपल्ट बिहीबार देउवालाई भेटन बुढानिलकण्ठस्थित आफ्नै निवासमा आइपुगेका प्रधानमन्त्री प्रचण्डलाई देउवाले आक्रोश पोखेको स्रोतले बतायो । ‘काँग्रेस सरकारमा सहभागी सबैभन्दा ठूलो दल हो, यसैलेनिधिजीलाई तपाईंपछिको रोलक्रममा राख्नुस् । मेरो र हाम्रो पार्टीको अडान यही हो ।’, देउवाले भनेका थिए – ‘त्यो तपाईंले गर्ने कि नगर्ने ? तत्कालै मिलाउनुस ।’
देउवाले कडा शैलीमा बोलेपछि प्रधानमन्त्रीले भनेका थिए – ‘मैले बुझें, म मिलाउँछु । छिट्टै मिल्छ ।’
वरियतामा उपप्रधानमन्त्रीमध्ये कमलथ थापा अघि कि निधि भन्ने विवादले प्रचण्डले चीन भ्रमणमा जाँदा समेत कार्यबाहक प्रधानमन्त्री तोक्न सकेका थिएनन् । सका कारण मुलुक एकसातासम्म प्रधानमन्त्रीविहीन भएको थियो । मन्त्रिपरिषद्को बैठकमा बस्नेदेखि प्रधानमन्त्रीलाई बिदाई र स्वागत गर्ने बेलासम्म थापा र निधिबीच सार्वजनिक रुपमै विवाद छताछुल्ल भएको थियो ।
निधिले वरियताक्रममा आफूलाई थापाभन्दा तल राखिएमा मन्त्रिपरिषदमा बस्न नसक्ने अडान लिँदै आएका छन् ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ,काठमाडौं । वि.सं. १९९७ साल माघ ११ गते बिहान काठमाडौं शहरबाट पशुपतिको दर्शन
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री
११ माघ, काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम
काठमाडौं, ९ माघ । राष्ट्रिय योजना आयोगको उपाध्यायक्षमा डा. मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन ।