चैत ७, काठमाडौं – वैदेशिक रोजगारीका लगि विभिन्न देशमा पुगेका दुई सय ३१ भन्दा बढी नेपाली गम्भीर प्रकृतिको अभियोगमा जेलजीवन बिताइरहेका छन् ।
हत्या लागूपदार्थ, सडक दुर्घटना लगायत मुद्दामा दुई सय १९ पुरुष र १२ जना महिला जेल परेका हुन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
जेलमा परेका नेपालीको संख्या
साउदीमा – ७६ जना
कुवेतमा – ६१
कतारमा – ५०
यूएईमा – १९
मलेसियामा – १३
बहराइनमा – ६
ओमानमा – ३
कोरियामा – २
इजरायलमा – १
कुवेतको जेलमा रहेका ३६ जनाले ६ महिनादेखि १५ बर्षे जेल सजाय काटिरहेका छन् भने, सात जनाको मुद्दा अदालती प्रक्रियामा छ ।
साउदी अरबको जेलमा रहेका ७६ मध्ये एकजनासँग ब्लडमनी लिन सहमति भएपनि रकम तोकिएको छैन ।
मलेसिया जेलमा रहेका १३ जनामध्ये १० जनालाई मृत्युदण्डको सजाय पाउने अभियोगमा जेलमा राखिएको छ । एक जानलाई जन्मकैदको सजाय तोकिएको छ । एकजनालाइृ भने अवस्था नखुलेको भन्दै नेपाल फिर्ता गर्ने केन्द्रमा ल्याइएको छ ।
जेलमा रहेका मध्ये १९ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ भने थप १४ जनालाई पनि मृत्ुदण्ड हुनसक्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ । कुवेतमा ५, साउदीमा ३, मलेसियमा १० र यूएईमा एकजनालाई मृत्युदण्डको फैसला भइसकेको छ ।
२० माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी किशोरी कुवेतमाबेचिएकी छिन्। मानव
५ माघ , काठमाडौं । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले आगामी फेब्रुअरी ७ अगाडि नै राजीनामा
१५ पुस,काठमाडौं । सर्वकालिन महान फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ ।
१२असोज,काठमाडौं । नयाँ बानेश्वरमा रहेको बाबा ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि बाट मोटरसाइकल राईडिङमा काम गर्न
काठमाडौँ, १२ असोज । अमेरिकी विदेश मन्त्रालयको विश्वव्यापी सार्वजनिक मामिला हेर्ने कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ ट्रुडो
३असोज,काठमाडौं। अब युरोपेली मुलुक रोमानियाबाट नेपाल पैसा पठाउंदा केही मिनेटमै पैसा आइपुग्ने भएको छ।पैसा पठाउंदा