दुःख मुक्तिको शास्त्र

मनमा रहेका विकार हटाई चेतनाको बोध गराउने विज्ञान हो योग।महर्षि पतञ्जली यस विज्ञानका प्रस्तोता हुन्।उनले सरल रुपमा योगको ब्याख्या गरिदिएका हुनाले पतञ्जली योग शास्त्रलाई नै योग भनेर बुझिन्छ।तर योगको सृजना भगवान शिवले गरेको धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।

मानिसलाई सम्पूर्ण दुःखरुपि भावबाट मुक्त गराई निरोगि, आनन्दित र स्वतन्त्र जिवन जिउने बाटो देखाउन हजारौं वर्ष अगाडि नै आबिष्कार भएको विज्ञान हो योग शास्त्र।

योग स्वस्थ शरिर र मन लिएर आनन्दसँग सरल रुपमा जिवन यापन गर्न सिकाउने वैज्ञानिक प्रक्रिया हो।मन, वचन र कर्मले सामाजिक कल्याण गर्न सिकाउँछ योगले।शरिर, मन र बुद्धिलाई शुद्ध पारी अर्थात चित्तबाट बृत्ति (खराब कुरा) हटाई जीवनका हर परिस्थितिलाई आनन्दसंग सामना गर्न मद्धत गर्छ, समाजको कल्याण गर्न प्रेरित गराउँछ ।

“सुस्वाथ्य नै सबै सुखको आधार हो ।”

माथि भनिएझै सबै मानिसको एउटै चाहना निरोग–आनान्द र स्वतन्त्र हुनु।तर सबै मानिसको एउटै चाहना स्वस्थ, निरोग–आनन्दित र स्वतन्त्र रहेर पनि मानिस आफ्ना पाँच इन्द्रिय र छैठौं इन्द्रिय मनको बसमा परि केही न केही कारणले रोग र दुःखको बन्धनमा परिरहेका छन्।आजभन्दा हजारौं बर्ष अगाडि पनि मानिस रोगी र दुखी थिए।आज पनि मानिस रोगि र दुःखी छन्।मानिसलाई सम्पूर्ण दुःखरुपि भाव (इन्द्रिय र मनको बस) बाट मुक्त गराई निरोगि, आनन्दित र स्वतन्त्र जिवन जिउने बाटो देखाउन हजारौं वर्ष अगाडि नै आबिष्कार भएको विज्ञान हो योग शास्त्र।13502995_1033689690047513_1483053195506903791_o-826x495

विधि (प्राकृतिक नियम + ज्ञान ) = विज्ञान अर्थात प्राकृतिक नियमहरुको सँगालो नै विज्ञान हो।त्यसैले योग शास्त्र भन्नाले प्रकृतिमै रहेको निरोग आनन्द सम्बन्धिका नियमहरुको संगालो हो।अर्थात मानिसलाई शारीरिक रोग र मानसिक तनाबबाट मुक्त गराई आफ्नै स्वरुप, स्वविवेकमा स्थित गराउने विज्ञान नै योग विज्ञान हो।मनमा रहेका विकार हटाई मनमा चेतनाको बोध गराउने विज्ञान भएको हुनाले योगलाई मनोविज्ञान अर्थात मनमो शास्त्र, मनलाई पढ्ने शास्त्र भनिन्छ।महर्षि पतञ्जली यस विज्ञानका प्रस्तोता हुन्।उनले सरल रुपमा योगको ब्याख्या गरिदिएका हुनाले पतञ्जली योग शास्त्रलाई नै योग भनेर बुझिन्छ।तर योगको बर्णन शिव संहिता, हठ योग, श्रीमद भागवत गीतामा पनि पाइन्छ।परापूर्व कालमा प्राणीहरु रोगी र दुःखी भएको कारण भगवान शिवले प्राणीलाई रोग र दुःखबाट मुक्त गराई निरोगी बनाउन योगको श्रृजना गरेको धार्मिक ग्रन्थमा वर्णन पाइन्छ।जे जस्तो भएपनि योगको सार भने एउटै हो– निरोग र आनन्दको आधार ।

मानिस रोगी र दुःखी हुनुको मुल कारण मानसिक बन्धन, मनमा रहेको बृत्ति हो।पतञ्जली योग शास्त्रले भनेको छ– चित्तमा वृत्ति निरोध भएको अवस्था नै योगको अवस्था हो।अर्थात मनमा रहेका सम्पूर्ण विकारहरु हटाई मान्छेको आफ्नै स्वभाविक स्थितिमा स्थित गराउँछ योगले।

मानिसमा हुने सबैखाले मानसिक र शारिरीक समस्या मनमा रहेको वृत्तिका कारण हुन्छ।त्यसैले मनमा रहेका सबै वृत्तिबाट मुक्त हुनुनै सबैखाले शारिरीक तथा मानसिक समस्याबाट मुक्त हुनु हो।मनको वृत्ति भन्नाले मनमा आउने नराम्रा विचार हुन्।योगमा चित्तका वृत्तिहरुलाई धेरै प्रकारमा व्याख्या गरिएता पनि सरल रुपमा दुई विभाग गरी बुझ्न सकिन्छ।सकारात्मक र नकारात्मक बृत्ति।सकारात्मक मनपर्ने र मान्ने भाव, नकारात्मक मन नपर्ने र नमान्ने भाव।रिस, मोह, इष्र्या, घमण्ड, डाहा, निराशा, अपमानबोध नकारात्मक विकार हुन् भने मन पराउनु, कुनै कुरा पाउँदा खुशी हुनु, मोज मज्जा गर्नु सकारात्मक विकार हुन्।योगले यी दुबै विकारबाट मुक्त गराई सत्य ज्ञानको बोध गराउँछ ।

वास्तबमा योग दुःख मुक्तिको शास्त्र हो।मानिसमा रहेको भ्रम नाश गरी मोक्ष तिर लाने बैज्ञनिक शास्त्र हो।योगमा चित्त (मन)को विकार हटाउन आठ अंग प्रस्तुत गरिएको छ ।

१. यम

२. नियम

३. आसन

४. प्राणायाम

५. प्रत्याहार

६. धारण

७. ध्यान

८. समाधि ।

यी आठ अंग मध्ये ६ वटाले प्रत्येक्ष मनलाई बन्धनबाट मुक्त गराउने विधि सिकाउँछ भने २ वटा अंग (आसन र प्राणयाम)ले शरिरलाई लचिलो र खँदिलो बनाई निरोगी बनाउने मात्र होइन व्यायाम र प्राणयामले मनलाई पनि एकाग्र बनाई मनमा निरोग आनन्द थपि सच्चा निरोग आनन्दतिर डो¥याउँछ।

यम भित्रका नियमहरु

१. अहिंसा : मन, बचन र कर्मले कसैको हिंसा नगर्नु।

२. सत्य : झुट नबोल्नु।

३. अस्तेय : चोरी नगर्नु।

४. ब्रम्हचर्य : यौन संयम अपनाउनु।

५. अपरिग्रह : धन र भोग विलासिताका साधनहरु अति संग्रह नगर्नु।

नियमका पनि चार नियम

१.शौच : शरिरको बाहिरी र भित्री मनको सफाई गर्नु।

२. संतोष : आफुसँग जे छ त्यसमा सन्तुष्ट हुनु, लोभ नगर्नु।

३. तप : शरिरलाई अल्छी नबनाउनु।

४. इश्वर प्रनिधान : सबैको हिट हुने समाज उपयोगी काम गुर्न।

आठ अंग मध्ये यम नियमका अंगलाई मात्र व्यावहारिक जिवनमा पालन गरेमा संसारमा शान्ति र प्रेम स्थापना हुन्छ।

योग स्वस्थ शरिर र मन लिएर आनन्दसँग सरल रुपमा जिवन यापन गर्न सिकाउने वैज्ञानिक प्रकृया हो।मन, वचन र कर्मले सामाजिक कल्याण गर्न सिकाउँछ योगले।शरिर, मन र बुद्धिलाई शुद्ध पारी अर्थात चित्तबाट बृत्ति (खराब कुरा) हटाई जीवनका हर परिस्थितिलाई आनन्दसंग सामना गर्न मद्धत गर्छ, समाजको कल्याण गर्न प्रेरित गराउँछ।

तसर्थ सरल भाषामा योगको अर्थ हो मन पर्ने र मन नपर्ने, मान्ने र नमान्ने भावबाट टाढा रहि सत्यलाई बुझि परिस्थिती अनुसार जे गर्दा परकल्याण हुन्छ त्यही अनुसार आफ्नो कर्तब्य निर्वाह गर्नु नै योग हो ।

योगमा शरिर र मनको लचकता प्राप्त गर्न गरिने व्यायाम र ध्यानात्मक आसनहरुलाई योगासन भनिन्छ।

योगले मन र बुद्धिलाई ठिक राख्न मद्धत गर्छ।रिस, चिन्ता, डाह, मोहबाट मुक्त गराई शान्तिपूर्ण समाज सृजना गराउँछ।प्रेम र भातृत्वको बाटोमा हिँड्न प्रेरित गर्छ।

योग सबै उमेर समूहलाई जरुरी छ।बालबालिकालाई कडा व्यायाम र जिम होइन, योगासन गराउनु पर्छ।दैनिक योग अभ्यासले शरिर, मन र बुद्धि स्वस्थ बनाउँछ।त्यसो हुँदा बौद्धिक विकासमा मद्धत पुग्छ।चंचल मनमा एकाग्रता बढाउँछ।सृजनात्मक कार्यमा मन जान्छ।तर, हिजोआज योग भनेर केही आसनमात्र गराउने, शरिरलाई बंग्याउने र ध्यान मात्र गराई स्वाँ स्वाँ र फँवाँ फ्वाँ गराउने गराइन्छ।योग, व्यायाम र ध्यान गर्दा लाभ हुन्छ।तर, आसन र ध्यान कुन कुन गर्ने र कतिपटक गर्ने भन्नेमा मानिस अलमलमा छन्।यही अलमल हटाउन प्रकृतिप्रेमि समूहका संस्थापक तथा योगाचार्य डा. उमेश श्रेष्ठले १ घन्टे योग सेट निर्धारण गर्नु भएको छ।सेटमा उभिएर, बसेर, उत्तानो सुतेर, घोप्टो सुतेर गर्ने व्यायाम र ध्यान समेटिएको छ।यी आसन गर्दा खुट्टाका औंला, जोर्निदेखि हातका औंलाका जोर्नीसम्म, शरिरका सबै जोर्नी सञ्चालन हुने, दैनिक जीवन यापन गर्न शरिरलाई चाहिने लचकता हुने व्यायाम आसन, प्राणायाम र ध्यान पर्छन।

सामान्यतः ८ वर्षदेखि बुढापाकासम्मले योग गर्न सक्छन्।८ वर्ष माथिकाले विहान एक घन्टा अभ्यास गर्दा लाभदायक हुन्छ।योग गर्दा योग शिक्षक चाहिन्छ।योग श्वास प्रश्वास र आसनहरुको समायोजन भएकाले बुझाउँदै शास तान्ने र फाल्ने क्रम मिलाउनु पर्छ।टिभी हेर्दै गर्दा कतिपय अभ्यास विग्रन सक्छन् र लाभ हुँदैन।आसन सकी नसकि बलपूर्वक पनि गर्नु हुँदैन।निरन्तर प्रयास गर्दै जाँदा लचकता बढ्दै जान्छ।

योग अभ्यासमा सुतेर गर्ने आसनहरुले पेट घटाउन सहयोग गर्छ।पेट बंग्याएर उठेर गर्ने आसनले कब्जियत खुलाउँछ।प्राणायाम र ध्यानले एकाग्रता बढाई शान्त बनाउँछ।

व्यायाम सँगै उचित आहार, पानीको उचित प्रयोग र सही विचार हुनु पर्छ।उचित विचार सहित योग ब्यायाम गरेमा पूर्ण लाभ हुन्छ, जिवनको कल्याण हुन्छ।तर व्यायाम मात्र गरेमा त्यसले क्षणिक मात्र लाभ हुन्छ।त्यसैले योग व्यायामका साथै उचित आहार, विहार र विचार हुनु पर्छ।त्यसो भयो भने रोग निको हुन्छ।रोग लाग्नबाट बचाउँछ।उचित खानपान र नियमित व्यामले जीर्ण रोगहरु उच्च रक्तचाप, मधुमेह, टाउको दुखाई, मुटु रोग जस्ता रोग निको पार्न सहयोग पुग्छ।शारिरीक व्यायामले मात्र शरिरमा लचकता बढाउने काम गर्छ, उचित आहारले रोग लाग्न दिँदैन।उचित आहार, विहार र विचार सदा निरोगी बन्ने आधार हो।त्यसैले हरेक व्यक्तिले बिहान १ घन्टा योग गर्नु लाभदायक हुन्छ ।

योगका फाइदा

– मनको चंचलता हटाई एकाग्र बनाउन मद्धत गर्छ।

– मनमा आत्मविश्वास बढाउँछ।

– शान्त समाज निर्माणको वातावरणमा सहयोग पुग्छ।मानवियता बढाउँछ।नेतृत्व गर्ने क्षमता, बोल्ने कला, विचार गर्ने शक्ति र आत्मसंयमको विकास गराउँछ।

– समाजलाई सही ज्ञान र सही शिक्षा दिन उपयुक्त वातावरण सृजना गरिदिन्छ

– मानसिक तनाव हटाई मानिसलाई आफ्न्नो कर्तव्य बोध गराउँछ ।

– पारस्परिक सहयोग, प्रेम, सद्भाव, सम्मान शान्त रहन प्रेरण गर्छ ।

– इन्द्रिय र मनको बसबाट मुक्त गराई मानिसलाई स्वतन्त्र बनाउँछ।

आज संसारमा योगको क्रान्ति भैरहेको छ।योग कुनै धर्म सम्प्रदायसंग सम्बन्धित छैन।योग शास्त्र मान्छेलाई साँच्चिकै सम्पूर्ण बन्धनबाट मुक्त गराई स्वतन्त्र बनाउन आएको विज्ञान हो।बाबा रामदेवले संसारभर योगको चेतना फैलाएर सबै मानिसलाई योग प्रति सचेत गराउनु भएको छ।सबै मानिसको विश्वकै चाहना शान्ति कायम गर्नु, प्रेम र सद्भाव फैलाउनु हो।योग नै साँचो साधन हो जसले विश्वमा शान्ति कायम गर्न सक्छ।त्यसैले संयुक्त राष्ट्र संघले सन २०१५ देखि विश्व योग दिवस मनाउन सुरु गर्यो।भरतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतावलाई पारित गर्दै विश्व योग दिवस हरेक बर्षको जुन १९ गते मनाउने गरियो।नेपालले पनि माघ १ लाई राष्ट्रिय योग दिवस मनाउँदै आएको छ।योग दिवस मनाउनु राम्रो हो।यसले मानिसमा योग प्रति चेतना फैलाउँछ।प्रचार प्रसार हुन्छ तर बर्षको एक दिन मात्र योग दिवस मनाउने होइन हरेक दिन योग दिवस मनाउनु हुनपर्छ।त्यसैले हरेक दिन योग गरौं सदा स्वस्थ निरोग आनन्दित रहौं।

योगलाई जिवनको अंग बनाऔं।योगी बनौं।योगीको अर्थ पहेंलो बस्त्र लगाएर कमण्डलु बोकेर जंगल जानु होइन।गृहस्थ जिवनमै रहेर पनि पूर्ण योगी बन्न सकिन्छ।साँचो योगीको अर्थ हो साधारण मानिस बन्नु अर्थात आफ्नो कारणले अरु कसैलाई समस्यामा नर्पानु, सम्पूर्ण जिवन मानव उपयोगी काममा अर्पण गरी परकल्याणमा समर्पित हुनु।सबैलाई समान व्यवहार गर्नु, प्रेम, सम्मान पारस्परिक सहयोगको भाव राख्नु, प्रतिस्पर्धाको भान नराखि सौहार्दताका साथ काम गर्नु नै पूर्ण योगीको पहिचान हो ।

हाल विश्वभर योगको शिक्षा दिन संघ संस्था खुलेका छन्।रामदेवले विश्वभर योगको लहर ल्याउनु भएको छ।ललितपुरको सातदोबाटोमा रहेको प्रकृति प्रेमी समूहले पनि सम्पूर्ण मानिसलाई निरोग आनन्दको पथमा हिडाउन साँचो योग गराई आफ्रनो स्वास्थ्य आफ्नै हातमा लिन प्रेरणा दिँदै आएको छ।

योग जहाँ जस्तो बेलामा पनि गर्न सकिन्छ।हाइकिङ हिँड्दा होस् वा टे«किङमा निस्कँदा पनि योग गर्दा लाभ हुन्छ।पदयात्रा गर्दा हातखुट्टाका जोर्नीको मात्र कसरत हुन्छ, तर योगले सम्पूर्ण शरिरको व्यायाम हुन्छ।त्यसैगरि पदयात्रामा प्राणायाम ध्यान गर्दा थाकेको शरिरलाई रिलायक्स बनाउँछ।

योग गर्दा ध्यान दिनु पर्ने कुराहरु

– योग जहिले पनि खाली पेटमा गर्नु पर्छ।बिहानी नित्य कर्म सकेर खाली पेटमा योग गर्नु पर्छ।बिहान बाहेकको समय योग गर्नु परेमा ठोस आहार खाएको ४ घन्टापछि, हल्का खाना खाएको २–३ घन्टापछि र पानी पिएको १५ मिनेटपछि गर्नु पर्छ।

– हरेक दिन एकै समय योग गर्नु उत्तम हुन्छ।सकेसम्म १ घन्टा नभए आधा घन्टा व्यायाम गर्नु पर्छ।योग गर्दा सजिलो र खुकुलो लुगा लगाउनु पर्छ ।

– योग गर्ने ठाउँ शान्त र सफा हुनु पर्छ।बस्न, उठन् र सुत्न मिल्ने समतल हुनु पर्छ।

– योग गर्दा चश्मा र लेन्स फुकाल्नु पर्छ।

– प्रत्यक योग आसनको करिब २–३ पटक गर्नुपर्छ ।

– महिलाले महिनावारी भएका बेला योग गर्नु हुँदैन।यस्तो बेला साधारण व्यायाम र प्राणायाम, ध्यान गर्ने।

– उच्च रक्तचाप र मुटुरोग भएकाहरुले शीर नुहुराएर गर्ने आसन गर्नु हुँदैन।घुँडा दुखेकाहरुले घुँडामा असर पर्ने आसन, कम्मर दुखेकाहरुले कम्मरमा असर पर्ने आसन गर्नु हुँदैन।

– त्यसैगरी मुटु तथा फोक्सोको रोग भएकाले प्राणयाम गर्नु हुँदैन।

– रोग लागेकाले विज्ञसँग परामर्श गरेर मात्र गर्नु पर्छ।

– शिर्सासन (टाउको भुइँमा टेकेर गर्ने आसन), चक्रासन (जिउ पुरै चक्रका आसनमा राख्ने) जस्ता आसनहरु नगर्दा बेस हुन्छ ।

 

 

photo

NOC1-250x300