दाङमा भत्कियो कांग्रेसको गढ

naru-bhup-jiban-dang_LCAsHRC0K4

असार २०, घोराही – ०७० सालको संविधानसभा निर्वाचनमा दाङमा कांग्र्रेसले पाँचवटै निर्वाचन क्षेत्र जित्दै ‘क्लिन स्विप’ गरेको थियो । त्यतिबेला एमालेभन्दा झन्डै दोब्बर हाराहारी मत पाएका थिए, कांग्रेस उम्मेदवारहरूले । एमालेका प्रभावशाली नेता शंकर पोखरेलसमेत कांग्रेसका जिल्लास्तरीय नेता बुद्धिराम भण्डारीसँग पराजित हुनुपरेको थियो । त्यसअघि पनि कांग्रेसले आफ्नो प्रभाव यथावत राख्दै आफ्नो किल्लाका रुपमा दाङलाई चिनाउँदै आएको थियो । कांग्रेस प्रभावशाली नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको गृहजिल्ला दाङ सबै निर्वाचनमा खड्काकै प्रभावमा रहन्थ्यो । यसपालिको स्थानीय तह निर्वाचनमा भने एमालेले कांग्रेसको गढ भत्काएको छ ।

जिल्ला सदरमुकाम घोराही उपमहानगरपालिकामा एमालेको झन्डा फहराएको छ । अञ्चल सदरमुकाम तुलसीपुर उपमहानगरपालिकामा पनि एमाले मेयरका उम्मेदवार घनश्याम पाण्डेको अग्रता कायम छ । नगरका पूर्वउपमेयर, विश्व वन सञ्चालनका संयोजक तथा वन महासंघका पूर्वअध्यक्ष पाण्डे निर्वाचनमा लोकप्रिय देखिनुभएको छ ।

०४८, ५१, ५६, ६४ र ७० को निर्वाचनमध्ये ०६४ मा माओवादी आएबाहेक बाँकी सबैमा कांग्रेसले जितेर आफ्नो गढको रूपमा स्थापित गर्दै आएको थियो । एमालेले सोमबारसम्म चार स्थानीय तहमा जित हात पारिसकेको छ भने तुलसीपुरमा अग्रता कायम गरेको छ ।

जिल्लामा आधा स्थानीय तहमा एमालेले किल्ला गाड्ने देखिएको छ । कांग्रेसले भने चार स्थानीय तहमा चित्त बुझाउँदै छ । एकमा माओवादी केन्द्रको जित छ । स्थानीय तहमा लोकप्रिय उम्मेदवारहरूलाई जनताले मूल्यांकन गरेर मत दिएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको