भरतपुर आँखा अस्पतालले १० जिल्लाका आँखाका बिरामीलाई सेवा दिँदै आएको छ । नेपाल नेत्रज्योति सङ्घले सञ्चालन गरेको अस्पतालले पाँच जिल्लामा अस्पताल र आँखा उपचार केन्द्रमार्फत र बाँकी पाँच जिल्लामा शिविरमार्फत सेवा दिँदै आएको छ ।
चितवनको भरतपुरमा केन्द्रीयस्तरको आँखा अस्पताल, शहरी क्लिनिक र पाँच ठाउँमा आँखा उपचार केन्द्र सञ्चालनमा छ । नवलपुरको कावासोती, धादिङको सल्यानटार र बाराको सिम्रनगढमा आँखा उपचार केन्द्र खोलेर सेवा दिँदै आएको छ । यसैगरी सिम्रनगढको आँखा उपचार केन्द्रमा हरेक महीनाको दुई पटक शल्यक्रियासमेत गरिँदैआएको छ भने पर्साको ठोरीमा आँखा अस्पताल सञ्चालन गरेको छ ।
नेपाल नेत्रज्योति सङ्घका सभापति कृष्णराज धरेलका अनुसार नवलपरासी, सर्लाही, गोरखा, तनहुँ र लमजुङका बिरामी अस्पताल र सेवा केन्द्र भएका ठाउँमा आएर उपचार लिने गरेका छन् । दशवटै जिल्लामा शिविर आयोजना गरी सेवा दिँदै आएको छ ।
धरेलका अनुसार स्थानीय क्लब, रोटरी क्लब, लायन्स क्लब, विभिन्न सामाजिक सङ्घ संस्था, सेवा फाउण्डेशन अमेरिका, सेवा सोसाइटी क्यानडा, डेक फाउण्डेशन नेदरल्याण्ड, भारतीय र पाकिस्तानी राजदूतावासलगायतले सहयोग पुर्याउँदै आएका छन् । ती संस्थाको सहयोगमा अस्पताल, सेवा केन्द्र र शिविरमार्फत निःशुल्कदेखि न्यून शुल्कमा आँखा परीक्षण, शल्यक्रिया र चश्मा एवं औषधि वितरण गर्दै आएको उहाँले बताउनुभयो । गत वर्षमात्र अस्पतालले रु एक करोड चार लाख ६८ हजार १५० आँखाको शल्यक्रियामा छुट दिएको थियो ।
अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार गत आर्थिक वर्षमा एक लाख ६८ हजार ६७ जनालाई सेवा दिएको थियो । उनका अनुसार तीमध्ये एक लाख १८ हजार ४४५ जनालाई अस्पतालबाट, २६ हजार ६२८ जनालाई आँखा उपचार केन्द्र र २२ हजार ९८५ जनालाई आँखा शिविरमार्फत सेवा दिइएको हो । अस्पतालले गत वर्ष छ हजार ६० जनाको आँखाको शल्यक्रिया गरेको थियो ।
यस वर्ष एक लाख ३२ हजार अस्पतालबाट, २५ हजार ५०० आँखा शिविरबाट र ४२ हजार ५९५ उपचार केन्द्रबाट गरी दुई लाखभन्दा बढीलाई सेवा दिने अस्पतालले लक्ष्य राखेको घिमिरेले बताए । रासस
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको