June 2, 2017

दरबार हत्याकाण्डको १६ वर्षपछि बन्दै वीरेन्द्रको वंश नास भएको त्रिभुवन सदन

जेठ १९, काठमाडौं – तत्कालीन राजा वीरेन्द्रको वंश नास भएको नारायणहिटीस्थित त्रिभुवन सदन अबको डेढ वर्षमा निर्माण हुने भएको छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले त्रिभुवन सदन पूर्ण रूपमा नष्ट गर्न लगाएका थिए । आजको नयाँ पत्रिकामा खबर छ ।

नारायणहिटी दरबार संग्रहालयका अनुसार त्रिभुवन सदन पुरानै शैली र संरचनामा तयार हुँदै छ । दुईतले भवनको पहिलो तलाको निर्माण सकिएको छ । दोस्रो तला निर्माणको काम धमाधम भइरहेको संग्रहालयले जनाएको छ ।

संग्रहालयका प्रमुख रोहितकुमार ढुंगानाले त्रिभुवन सदनका भित्री र बाहिरी स्वरूप पुरानोजस्तै बनाउन लागिएकाले निर्माणमा केही समय लाग्ने बताए । उनले भने, ‘त्रिभुवन सदन पूर्ण रूपमा नष्ट गरिएको थियो । पछि फेरि निर्माण गर्ने निर्णय भयो । अहिले धमाधम काम काम हुँदै छ,’ ढुंगानाले भने, ‘त्रिभुवन सदन पूर्ण रूपमा बन्न अझै डेढ वर्ष लाग्छ । पुरानै झल्को दिने गरी बनाइने हुँदा मिहिनेत र समय पनि धेरै लाग्छ ।’

संग्रहालयका अनुसार त्रिभुवन सदन निर्माण चार करोड रुपैयाँ लागतमा हुँदै छ । त्यसमध्ये दुई करोड रुपैयाँ भवनमा र दुई करोड रुपैयाँ भित्री डेकोरेसनमा खर्च हुनेछ । अहिलेसम्म डेढ करोड रुपैयाँ खर्च भइसकेको छ । संग्रहालयका प्रमुख ढुंगानाले भने, ‘भवन निर्माणसँगै डेकोरेसन पुरानै शैलीमा गरिने हुँदा खर्च धेरै लाग्ने भएको हो । डेकोरेसनपछि सदन पहिलेको जस्तै देखिनेछ ।’

संग्रहालयका अनुसार सदन निर्माण अवधि तीन वर्षको हो । निर्माणकार्य डेढ वर्ष अघिदेखि हुँदै छ । डेकोरेसनका लागि मात्रै थप दुई वर्ष लाग्ने भएको सबै निर्माण सक्न पाँच वर्ष लाग्नेछ । ढुंगानाले भने, ‘सदन निर्माणको कुल अवधि पाँच वर्षको हो । त्यसमध्ये दुई वर्ष डेकोरेसनमै जान्छ । जस्ताको तस्तै बनाउनुपर्ने भएकाले डेकोरेसनमा धेरै समय लाग्ने देखिएको हो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको