थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४५३

२०७७ जेठ ८,काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा विकास देवकोटाले बिहिबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

रुपन्देहीमा १ र झापा ८ जना गरी बिहीबार थप ९ जनामा संक्रमण देखिएको उनले बताए। यो सहित नेपालमा संक्रमितको संख्या ४५३ पुगेको छ।

डा देवकोटाका अनुसार बिहिबार ४ जना संक्रमित डिस्चार्ज भएका छन्। उनीहरु चारै जना काठमाडौं स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत थिए। नेपालमा संक्रमण पुष्टि भएकामध्ये ४९ जना अहिले संक्रमणमुक्त भएका छन्। ३ जना संक्रमितको भने मृत्यु भइसकेको छ।

 

photo

NOC1-250x300