थप २५० मा कोरोना पुष्टि, कोरोना संक्रमितको संख्या ४६१४

जेठ २९, काठमाडौं । विहीबार थप २ सय ५० जनामो कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनगसँख्या मन्त्रालयका अनुसार २ सय ३० जना पुरुष र २० जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कोरोना संक्रमितको संख्या ४ हजार ६ सय १४ रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ७ सय ३८ जना आइसोलेसनमा रहेका छन् भने, १ लाख ६२ हजार १३ क्वारेन्टाइनमा रहेका छन्।

१ सय ८७ जना विहीबार मात्र निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार निको हुनेको जम्मा संख्या ८ सय ६१ रेहेको छ।

 

photo

NOC1-250x300