त्रिशुली बस दुर्घटनामा ७ जनाको शव भेटियो

११ कात्तिक, धादिङ : राजविराजबाट काठमाडौं आउँदै गरेको बस धादिङको गजुरी ५ घारबेसीबाट त्रिशुली नदीमा खस्दा बेपत्ता भएको छ । बेपत्ता मध्येबाट ७ जनाको शव निकालिएको छ।

निकालिएको शव मध्ये एक जना महिला, ५ पुरुष र एक बालकको भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बरुण सिंहले जानकारी दिएका छन ।

आज विहान साढे ५ बजेतिर ना ६ ख १४६७ नम्बरको बस सडकबाट नदीमा खसेको थियो । दुर्घटनामा परि घाइते भएका १५ जनाको स्थानीय अस्पतालमा उपचार भईरहेको छ । घाइते मध्ये गंभिर २ जनालाई काठमाडौं लगिएको छ । घटनास्थलमा नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीद्वारा उद्धारकार्य जारी रहेको छ ।

 

photo

NOC1-250x300