त्रिशुली बस दुर्घटनामा मृत्यु भएकाको शव सप्तरी ल्याइयो

१२ कात्तिक, सप्तरी : धादिङको गजुरी स्थित त्रिशुली नदीमा यात्रुवाहक बस खसेर भएको दुर्घटनामा परि मृत्यु भएकाको शव आज सप्तरी ल्याईएको छ । राजविराजबाट काठमाडौं गईरहेका ना ६ ख १४६७ नम्वरको यात्रुवाहक बस शनिवार विहान त्रिशुली नदीमा खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा सप्तरीको मात्रै २६ जनाको मृत्यु भएको छ । उनीहरुमध्ये दुई जना अझै वेपत्ता छन् । जिल्लाको तिलाठी, राजविराज, देउरी भरुवा, मानराजा, बोदे वरसाईन, शम्भुनाथ, कृष्णाशवरणका गरी २६ जनाको मृत्यु भएको छ । तिलाठीका ३ वर्षीय प्रतिक झा र २० वर्षीय पुजा झा वेपत्ता रहेको छ । यसैगरी, संजित कुमार झा, अंजित कुमार झा, सिम्मी कुमारी झा, अभिनव झा, आदित्य झा, चन्द्रवती देवी झाको शव आएको छ ।

यसैगरी, चित्ररेखा प्रमाणी, चन्द्ररेखा प्रमाणी, चित्रलेखा प्रमाणी, रेखा प्रमाणी, नरेश मुखिया, समिक्षा कुमारी यादव, आशिकी कुमारी यादव, मानी यादव, पशुपति चौधरी, वर्षिय ऋषि आनन्द देव, पार्वती चौधरी, सुदिप चौधरी, सुशान्त चौधरी, रामानन्द यादव, प्रमोद ईशर, सुधीर कुमार यादव र समिक्षा यादवको शव सप्तरी आएको छ । उनीहरुलाई सामूहिक रुपमै सप्तकोशी नदी स्थित कोशी व्यारेजमा आजै अन्त्येष्ठी गरिने छ ।

 

photo

NOC1-250x300