त्रिविको परीक्षा अझै केही महिना नहुने

विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले वार्षिक परीक्षाका लागि अझै केही महिना कुर्नुपर्ने अवस्था रहेको स्पष्ट गर्दै कोरोना सङ्क्रमण सामान्य भएर जनजीवन चल्न थालेपछि परीक्षा सञ्चालन गरिने जानकारी दिए । वार्षिक आधारमा पठनपाठन हुने विद्यार्थीको वर्षभरिको मूल्याङ्कन लिखित परीक्षाबाट मात्रै हुने भएकाले तत्काल त्यसको अर्को विकल्पतर्फ सोचाइ नराखिएको उनको भनाइ छ ।

विश्वविद्यालयले सेमेस्टर प्रणालीका माध्यमबाट पठनपाठन हुने र हाल अनलाइन माध्यमबाट कक्षा सञ्चालन भएका विद्यार्थीको परीक्षा कुन आधारमा सञ्चालन गर्ने भनेर अध्ययन भइरहेको जनाइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।

 

photo

NOC1-250x300