तीन पार्टीबीच सहकार्य र एकताको समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच सहकार्य तथा पार्टी एकीकरणका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ । आज (मंगलबार) साँझ राजधानीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले समझदारीपत्रमा हस्ताक्षर गरे । 

तीन पार्टीबीच ६ बुँदे समझदारी भएको छ । समझदारीअनुसार तीन पार्टीले आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभामा सहकार्य गर्नेछन् र चुनावलगत्तै पार्टी एकीकरणको प्रक्रिया सुरु हुनेछ । 

 

photo

NOC1-250x300